View Point Long Banner Ad

भरतमणिको प्रतिभाले नेपालको सीमा पार गर्ने : योगेश भट्टराई

यही प्रस्तुतिका कारण पफर्मर अफ द राउन्ड हुँदै फाइनल प्रवेश

काठमाडौं, १३ भदौ

    नेकपा एमालेका नेता तथा पूर्व मन्त्री योगेश भट्टराईले कमेडियन भरतमणि पौडेलको प्रतिभाले देशका सीमा छिचोल्ने बताएका छन् । शनिबार साँझ रियालिटी शो कमेडी च्याम्पियनमा उनको प्रस्तुति हेरेपछि नेता भट्टराईले भरतमणिको प्रतिभाले नेपालको सीमा पार गर्ने बताएका हुन् ।

“आजको धमकेदार र बबाल प्रस्तुतिले अब निर्धक्क भन्न सकिन्छ ताप्लेजुङ् (पाथिभरा) को शिरबाट उदाएका भरतमणि पौडेल एकपछि अर्को भूगोललाई छिचोल्दै आफ्नो प्रभावलाई राष्ट्रब्यापी बनाउन सफल भएका छन्,” योगेशले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “राम्रो अवसर पाए र आफैंले अझ मिहिनेत गरे भने उनको प्रतिभाले देशको सीमालाई छिचोल्ने छ ।”

शनिबार साँझ भरतमणिले पूर्व युवराज पारस शाहको हुबहु नक्कल गरेर प्रस्तुति दिएका थिए । सोही प्रस्तुतिका कारण भरतमणि पफर्मर अफ द राउन्ड हुँदै फाइनल प्रवेश गरेका छन् । भरतमणिलाई योगेशले सहयोग गर्दै आएका छन् । यसअघि उनले भरतमणिलाई हास्यव्यंग्य क्षेत्रको उदाउँदो मणि भन्दै भोटका लागि अपिल गरेका थिए । योगेशको पहलमा यसअघि नै भरतमणिलाई ६ लाख रुपैयाँ राशिको पुरस्कार घोषणा गरिएको छ । योगेशको संयोजनमा उनले व्यक्तिगत रूपमा एक लाख रुपैयाँ, ताप्लेजुङ सरोकार समाजले दुई लाख रुपैयाँ, ताप्लेजुङ सरोकार केन्द्रले दुई लाख तथा रेडियो तमोरको तर्फबाट एक लाख रुपैयाँ गरी ६ लाखको पुरस्कार घोषणा गरिएको छ ।

उक्त पुरस्कार पौडेलको च्याम्पियन यात्रा सकिएपछि प्रदान गरिने जनाइएको छ । आफ्नै क्यारिकेचर हेरेपछि योगेश भरतमणिका पक्षमा उभिएका थिए । ‘मैले उहाँका विगतका प्रस्तुतिहरुको बारेमा बोल्नु पर्दैन, आजको प्रस्तुतिको बारेमा यतिमात्रै भन्छु बाँकी त प्रस्तुतिमा हेरिहाल्नु हुन्छ। पूर्वयुवराज पारस शाह बनेर आउँदै हुनुहुन्छ। भरतमणि पौडेल,’ रियालिटी शो कमेडी च्याम्पियनका उद्घोषकले यति भनेपछि मञ्चमा शाहको गेटअपमा देखिन्छन् प्रतिस्पर्धी, भरतमणि पौडेल ।

अनि सुरु हुन्छ मञ्चमा रोमाञ्चक माहोल । लामो कपाल, त्यसमाथि ढाका टोपी, गलामा रुद्राक्षको माला, लामो कमिज लगाएका व्यक्ति अर्थात झलक्क हेर्दा पारस शाहजस्तै देखिने गेटअप । अनि सुरु हुन्छ–उनको उही हाउभाउका साथ प्रस्तुति । शनिबार प्रशारण भएको कमेडी च्याम्पियनको अन्तिम ४ को प्रतिस्पर्धामा पारसको गेटअपमा मञ्चको एक कुनामा बसिरहेका उनलाई कसैले भन्छ–ल जाउँ सरकार! उनको जवाफ हुन्छ-म किन जाने ? किन जाने ?

पारसको क्यारिकेचर गर्दै भरतमणिले यति भनेपछि दर्शकदिर्घाबाट सुरु हुन्छ, हुटिङ । त्यसपछि पारसले सन्तोष दाइ (सन्तोष पन्त)ले बोलाएर आफू जान तयार रहेको बताउँछन् भने पन्तले ‘जाउँ’ भनेपछि म्युजिक बजाउन अनुरोध गर्छन् र सुरु हुन्छ पारस शैलीको डान्स – ‘रोल्पा बक्सियोस् कि मलाई रुकुम बक्सियोस् ​, ज्यानै चढाइ दिउँला सिरिफ हुकुम बक्सियोस्’

यो गीतमा पौडेलको पारसको हाउभाउवाला डान्सबाट माहोल थप तातिन्छ । अनि थप अघि बढ्छ उनको प्रस्तुति । प्रस्तुतिका क्रममा उनले जजहरुलाई जोडेर कमेडी पस्किए । त्यसपछि पारसले मोटरसाइकलमा सवार हुँदा हेलमेट नलाएको प्रति व्यङ्ग्य पस्कियो भने राजतन्त्र, कमल थापाको पार्टीदेखि लिएर वर्तमान राजनीतिक परिस्थितिका बारेमा उनको कटाक्ष केन्द्रीत रह्यो ।

पौडेलले आफ्नो प्रस्तुतिका क्रममा व्यङ्ग्य गर्दै भने, ‘रामकुमारी झाँक्री मलाई मन पर्छ, किनभने अरुले खुट्टा तान्छ, उहाँले त हातै तानिदिन्छ ।’ यस्तै उनले बाबुराम भट्टराईलाई पनि छाडेनन्, ‘भेरि रोमान्टिक मोमेन्ट पोलिटिकल । मलाई मनपर्ने पुरुष नेता पनि हुनुहुन्छ, डाक्टर बाबुराम भट्टराई । ताक परे अब राप्रपामा आउन सक्छ, पार्टी फेरिरहन्छ । यत्रो क्रान्ति गरेर पनि फार्टी फेरिराछ ल! अस्तिअस्ति उ त्यो सन्तोष थापालाई भोट मागिराथ्यो!’


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फिल्म प्रवर्द्धन गर्न पूर्वी नेपालका सहरमा कन्सर्ट गर्दै तक्मे बुढा, राजेशपायल

फिल्म प्रवर्द्धन गर्न पूर्वी नेपालका सहरमा कन्सर्ट...

वि.सं.२०८२ असोज २६ आइतवार ११:०४

काठमाडौं । ७ कात्तिकदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’ले पूर्वी...

अमेरिकी गायिका टेलर स्विफ्टले फेरि एकपटक इतिहास रचेकी छिन्

अमेरिकी गायिका टेलर स्विफ्टले फेरि एकपटक इतिहास...

वि.सं.२०८२ असोज २३ बिहीवार १३:४२

एजेन्सी । अमेरिकी गायिका टेलर स्विफ्टले फेरि एकपटक इतिहास रचेकी...

सडकमा भिख माग्नेदेखि सिनेमासम्म

सडकमा भिख माग्नेदेखि सिनेमासम्म

वि.सं.२०८२ असोज २२ बुधवार १२:१२

मुम्बई । सन् १९९० को दशकका हिन्दी फिल्महरूमा एउटा यस्तो...