View Point Long Banner Ad

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार शाह (बालेन)सँग भेट गर्न खोजेको समयमा भेटको अवसर नपाएको विषय चर्चामा रहेका बेला प्रधानमन्त्रीको ज्वागलस्थित एक निजी निवासमा भएको लामो भेटवार्ता सार्वजनिक भएको छ ।

आज बिहान ११ः३५ बजेदेखि दिउँसो ४ः०५ बजेसम्म प्रधानमन्त्री बालेन्द्र कुमार शाह, राजनीतिक सल्लाहकार कुमार बेन र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालबीच ललितपुर महानगरपालिका–१०, ज्वागलस्थित कुमार बेनको निवासमा भेटवार्ता भएको पाइएको छ।

उक्त भेटवार्ता करिब ४ घण्टा ३० मिनेट चलेको देखिन्छ । यद्यपि भेटवार्तामा के विषयमा छलफल भयो भन्नेबारे अहिलेसम्म विस्तृत जानकारी सार्वजनिक गरिएको छैन ।

प्रधानमन्त्रीसँग भेटका लागि मुख्यमन्त्रीले समय नपाएको र त्यही समयमा प्रधानमन्त्री आफ्ना राजनीतिक सल्लाहकार तथा पूर्वाधार विकासमन्त्रीसँग लामो समय छलफलमा रहेको विषयले राजनीतिक वृत्तमा चासो बढाएको छ ।

प्रधानमन्त्रीले आफ्नो कार्यतालिकाअनुसार कसलाई भेट्ने र कति समय दिने भन्ने उहाँको अधिकारको विषय हो । तर संघीय सरकार र प्रदेश सरकारबीच समन्वय आवश्यक पर्ने अवस्थामा प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्रीसँग भेट्न खोज्दा समय नपाउनु र निजी निवासमा राजनीतिक भेटवार्ताका लागि साढे चार घण्टा समय दिनुले प्रश्न भने उठाएको छ ।

विशेषगरी बागमती प्रदेश सरकारसँग सम्बन्धित विषय, संघ–प्रदेश समन्वय तथा पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न मुख्यमन्त्रीले प्रधानमन्त्रीसँग भेट्न खोजेको भए त्यसका लागि समय व्यवस्थापन किन हुन सकेन भन्ने प्रश्न स्वाभाविक रूपमा उठेको छ ।

प्रधानमन्त्रीसँग भेट हुन नसकेपछि मुख्यमन्त्री किरण थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीसँग भेटका लागि समय नपाएपछि मुख्यमन्त्रीले लामिछानेसँग भेटवार्ता गर्नुले पनि पछिल्लो राजनीतिक घटनाक्रममा थप चासो बढाएको छ ।

यसैबीच, स्रोतका अनुसार ज्वागलमा प्रधानमन्त्रीसहित भएको उक्त भेटवार्तामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल (गनेस) पनि सहभागी थिए ।

यता, ज्वागलमा भएको साढे चार घण्टा लामो भेटवार्ताको एजेन्डा भने सार्वजनिक भएको छैन । प्रधानमन्त्री, उनका राजनीतिक सल्लाहकार र पूर्वाधार विकासमन्त्रीबीच भएको लामो छलफलमा के विषयले प्राथमिकता पायो भन्ने कुरा सार्वजनिक भएमा अहिले उठिरहेका प्रश्नहरू थप प्रस्ट हुनेछन् ।


त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:०६

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:०४

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत...

सहयोगको रसिद सामाजिक सञ्जालमा हाल्नु  प्रेरणा हो :  अभिनेत्री शर्मा

सहयोगको रसिद सामाजिक सञ्जालमा हाल्नु प्रेरणा हो...

वि.सं.२०८३ भदौ १४ आइतवार ११:२९

काठमाडौँ । अभिनेत्री ऋचा शर्माले विपद्को समयमा गरिएको सहयोगको विवरण...

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

वि.सं.२०८३ भदौ १४ आइतवार १०:५६

नुवाकोट । जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ...