View Point Long Banner Ad

चीनमा नयाँ शीर्षकका साथ रिलिज हुँदै रणवीरको ‘रामायण’

नयाँ दिल्ली । सन् २०२६ को सबैभन्दा ठूलो भारतीय फिल्म मानिएको ‘रामायण’ चीनमा नयाँ शीर्षकका साथ रिलिज हुने भएको छ। ४ हजार करोड भारुको लागतमा निर्माण गरिएको यस फिल्मलाई सोनी पिक्चर्सले विश्वभर वितरण गर्नेछ।

ठुलो लगानी रहेको यस फिल्मलाई चीनमा प्रदर्शन गराउनु निर्माताहरूका लागि ठूलो उपलब्धि मानिएको छ। प्राप्त रिपोर्ट अनुसार चीनमा यो फिल्म ‘रामायणः द लेजेन्ड अफ प्रिन्स चार्मिङ’ शीर्षकमा रिलिज हुने तयारीमा छ।

यद्यपि निर्माताहरूले यसबारे आधिकारिक घोषणा गर्न बाँकी छ। केही समयअघि सार्वजनिक गरिएको यसको अङ्ग्रेजी ट्रेलरलाई विदेशी दर्शकले रुचाएका छन्। भारतीय फिल्मका लागि चीन आकर्षक बजार मानिए पनि त्यहाँ रिलिज हुनु सहज छैन। अहिलेसम्म सीमित भारतीय फिल्म मात्रै चीनमा रिलिज भएका छन्।

चीनमा सबैभन्दा धेरै कमाउने भारतीय फिल्म आमिर खानको ‘दङ्गल’ हो, जसले त्यहाँ १ हजार १ सय करोड भारु कमाएको थियो। ‘दङ्गल’ का निर्देशकसमेत रहेका नितेश तिवारीले नै ‘रामायण’ को निर्देशन गरेका हुन्।

फिल्म नोभेम्बर ६ मा विश्वभर रिलिज हुनेछ भने भारतमा त्यसको दुई दिनपछि अर्थात् नोभेम्बर ८ मा तिहारको अवसर पारेर प्रदर्शनमा आउनेछ। फिल्ममा रणवीर कपूरले भगवान् राम, साई पल्लवीले सीता र यशले रावणको भूमिका निर्वाह गरेका छन्। यसका साथै सनी देओल, विवेक ओबेरोय, लारा दत्ता, अरुण गोबिल, रवि दुबे, काजल अग्रवाल र रकुल प्रित सिंह लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ।

 


मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:०६

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:०४

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत...

सहयोगको रसिद सामाजिक सञ्जालमा हाल्नु  प्रेरणा हो :  अभिनेत्री शर्मा

सहयोगको रसिद सामाजिक सञ्जालमा हाल्नु प्रेरणा हो...

वि.सं.२०८३ भदौ १४ आइतवार ११:२९

काठमाडौँ । अभिनेत्री ऋचा शर्माले विपद्को समयमा गरिएको सहयोगको विवरण...