View Point Long Banner Ad

पत्नी सुनीतालाई गोविन्दाको प्रश्न, ‘सफलता पाउन अरूलाई बदनाम नै गर्नुपर्छ र ?’

मुम्बई । भारतीय अभिनेता गोविन्दाले आफ्नी पत्नी सुनीता आहूजाले लगाएका अफेयरका आरोपबारे मुख खोलेका छन्।

सार्वजनिक रूपमा आफ्नाविरुद्ध नकारात्मक कुरा गरेर सुनीताले चर्चा कमाइरहेको टिप्पणी गोविन्दाले गरेका छन्। सफलता पाउनका लागि अरूलाई बदनाम गर्नैपर्ने हो भन्दै उनले प्रश्नसमेत उठाएका छन्।

‘उनी मलाई धेरै मायाले गाली गर्छिन्,’ पत्नीका आरोपबारे एएनआईसँग कुरा गर्दै गोविन्दाले भने, ‘म उनका हातबाट खान्छु पनि।’ भगवानले दिएको भूमिकाबिना कोही पनि सफल हुन नसक्ने उनको भनाइ छ। आफ्नाबारे खुलेर बोलेपछि सुनीताले चर्चा पाएको तर्फ संकेत गर्दै उनले धेरै कुराहरू व्यक्त नगरिने बताए।

‘दूरी बनाउनका लागि आरोप लगाउनै पर्छ र,’ उनले असन्तुष्टि जनाए, ‘तर मानिसहरू यसलाई बाहिर निस्कने सजिलो बाटो मान्छन्।’ सुनीताले पहिला प्रशंसा गर्ने र पछि नराम्रो कुरा गर्ने गरेको बताउँदै यसमा पनि आफूले माया नै देख्ने उनले स्पष्ट पारे।

केही समयअघि सुनीता ‘लक अप २’ कार्यक्रममा सहभागी भएकी थिइन्। त्यस क्रममा उनले गोविन्दाका पुराना अफेयरबारे कुरा गरेकी थिइन्। ‘मायामा हरेक कुरा सहन सक्ने क्षमता हुनुपर्छ,’ सुनीताले भनेकी थिइन्, ‘चीचीको जवानीमा धेरै अफेयरहरू थिए। उतिबेला मैले बेवास्ता गरेँ तर अब गर्दिनँ।’ उनले गोविन्दामाथि अर्कै महिलासँग सम्बन्ध राखेको र धोकेबाज भएको आरोप पटक-पटक लगाउँदै आएकी छन्।

यस्तै चर्चा चलिरहँदा गोविन्दा अभिनेत्री कोमल रानी स्वर्णकारसँग विमानस्थलमा देखिएका छन्। सुनीताले भने केही समयअघि मात्र आफूलाई कोमल नामसँगै नफरत रहेको बताएकी थिइन्।

मिस मालिनीलाई दिएको एक अन्तर्वार्तामा उनले जवानीमा गल्ती हुने भए पनि ६३ वर्षको उमेरमा यस्ता कुरा सुन्नु सही नभएको बताएकी थिइन्। अन्तर्वार्ताकारको नाम पनि कोमल भएको थाहा पाएपछि उनले अचम्म मानिन्। ‘यो नाम अलि गडबड छ,’ उनले भनिन्, ‘मलाई कोमल नामसँग नफरत छ। एउटा कोमल छ, जोसँग मलाई घृणा छ।’

सोही अन्तर्वार्तामा सुनीताले अहिलेका नयाँ केटीहरूलाई आफ्नो खर्च चलाउन धनी अभिभावक वा सहारा चाहिने दाबी गरिन्। ‘अनुहार गतिलो हुँदैन तर हिरोइन बन्नु परेको छ,’ आक्रोश पोख्दै उनले भनिन्, ‘अनि फसाउने र ब्ल्याकमेल गर्ने गर्छन्।’ गोविन्दालाई लक्षित गर्दै उनले सुन्दर श्रीमती र बालबच्चा भइसक्दा पनि ६३ वर्षको उमेरमा यस्ता काम गर्न नसुहाउने बताइन्।

यता गोविन्दा ७ वर्षपछि बलिउडमा पुनरागमन गर्दैछन्। उनी आफ्नै प्रोडक्सनको फिल्म ‘रूपा’ बाट कोमललाई पनि सार्वजनिक गर्दैछन्।

यसबाहेक कोमल गोविन्दाको दोस्रो फिल्म ‘दुनियादारी’ मा पनि रहने खबर बाहिरिएको छ। गत जुलाईमा भएको पत्रकार सम्मेलनमा गोविन्दाले कोमलको परिचय गराउँदै उनको अभिनयको निकै प्रशंसा गरेका थिए।

गोविन्दा र सुनीता आहूजाको विवाह सन् १९८७ मा एक निजी समारोहबिच भएको थियो। उतिबेला गोविन्दा बलिउडका स्टार बनिसकेका थिए। आफ्नो करियर बचाउन उनीहरूले करिब दुई वर्षसम्म विवाहको कुरा गोप्य राखे। छोरी टीना आहूजाको जन्मपछि मात्र उनीहरूले विवाहको कुरा सार्वजनिक गरेका थिए। पछि उनीहरूका छोरा यशवर्धन आहूजाको जन्म भएको थियो।


मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:०६

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:०४

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत...

सहयोगको रसिद सामाजिक सञ्जालमा हाल्नु  प्रेरणा हो :  अभिनेत्री शर्मा

सहयोगको रसिद सामाजिक सञ्जालमा हाल्नु प्रेरणा हो...

वि.सं.२०८३ भदौ १४ आइतवार ११:२९

काठमाडौँ । अभिनेत्री ऋचा शर्माले विपद्को समयमा गरिएको सहयोगको विवरण...