View Point Long Banner Ad

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा सुधारलाई प्राथमिकतामा राख्दै १५ दिनमा एकपटक अस्पतालको अनुगमन गर्न थालेका छन् ।

प्रदेशको एक मात्र रेफरल अस्पतालका रूपमा रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको सेवा प्रवाह, व्यवस्थापन र भौतिक अवस्थाबारे जानकारी लिन मुख्यमन्त्री भट्टले छोटो अवधिमै दुई पटक अस्पतालको अनुगमन गरेका हुन् ।

मंगलबार अस्पतालको अनुगमन गर्दै मुख्यमन्त्री भट्टले उपलब्ध स्रोतसाधन र जनशक्तिको अधिकतम उपयोग गर्दै सेवा प्रवाहमा सुधार गर्न अस्पताल प्रशासनलाई निर्देशन दिए । अस्पतालमा थप गर्नुपर्ने सेवा तथा सुविधाका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने उनले बताए ।
मुख्यमन्त्री भट्टले अस्पतालमा आउने कुनै पनि नागरिक उपचार सेवाबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताए । सेवा लिन आउने बिरामी तथा सेवाग्राहीप्रति गरिने व्यवहारमा समेत सुधार आवश्यक रहेको उनको भनाइ थियो ।
‘सेती प्रादेशिक अस्पताललाई प्रदेशकै गौरव गर्न लायक अस्पताल बनाउनुपर्छ । सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउने र जनताले अनुभूति गर्ने खालको अस्पताल बनाउन हामी काम गरिरहेका छौँ,’ मुख्यमन्त्री भट्टले भने । उनका अनुसार अस्पतालको सेवा प्रवाहमा देखिएका समस्या पहिचान गर्दै तत्काल सुधार गर्न नियमित अनुगमनलाई निरन्तरता दिइएको हो । बिरामीले अस्पतालमा उपचारका लागि आउँदा अनावश्यक ढिलासुस्ती र झन्झट व्यहोर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।

‘जनताले साच्चिकै सरकारी अस्पताल यस्तो पो हुँदोरहेछ भनेर अनुभूति गर्ने खालको बनाउनुपर्छ,’ उनले भने ।

मुख्यमन्त्री भट्टले अस्पतालको सेवा प्रवाहसँगै भौतिक तथा संरचनागत सुधारमा समेत प्रदेश सरकारले ध्यान दिने बताए । अनुगमनका क्रममा उनले अस्पतालका कर्मचारीसँग छलफलसमेत गरेका थिए । अस्पतालले प्रदान गरिरहेको सेवा, जनशक्तिको अवस्था, भौतिक पूर्वाधार तथा अस्पताल व्यवस्थापनका विषयमा सुपरिटेन्डेन्ट डा । हेमराज पाण्डेयले मुख्यमन्त्रीलाई जानकारी गराएका थिए ।

यसअघि असार ३१ गते पनि मुख्यमन्त्री भट्टले सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापासहित सेती प्रादेशिक अस्पतालको अनुगमन गरेका थिए । त्यतिबेला उनले अस्पतालको आकस्मिक कक्षसँगै जोडिएको शौचालयलगायत विभिन्न स्थानको अवलोकन गरेका थिए ।

अनुगमनका क्रममा मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीले अस्पतालमा उपचाररत बिरामीसँग भेटेर उनीहरूका समस्या र गुनासासमेत सुनेका थिए । बिरामीहरूले उपचार सेवा, जनशक्ति तथा अस्पताल व्यवस्थापनसँग सम्बन्धित समस्या मुख्यमन्त्रीसमक्ष राखेका थिए ।

त्यस क्रममा मुख्यमन्त्री भट्टले सेती अस्पतालको अवस्था सुधारका लागि आफूले नियमित अनुगमन गर्ने बताएका थिए । सुदूरपश्चिममा सबैभन्दा बढी बिरामीको चाप रहने अस्पतालमध्ये सेती प्रादेशिक अस्पतालमा जनशक्ति तथा भौतिक पूर्वाधारको अभावका कारण सेवा प्रवाह प्रभावित हुँदै आएको छ । अस्पतालमा ५० शय्याको स्वीकृत दरबन्दी रहे पनि बिरामीको चापअनुसार सेवा दिन अस्पताल व्यवस्थापन समिति तथा विभिन्न कार्यक्रमअन्तर्गत चिकित्सक र स्वास्थ्यकर्मी नियुक्त गरेर सेवा सञ्चालन हुँदै आएको छ ।

बिरामीको चापअनुसार आवश्यक जनशक्ति र पूर्वाधार पर्याप्त नहुँदा उपचारका लागि आउने नागरिकले प्रभावकारी सेवा पाउन समस्या भोग्दै आएका छन् । मुख्यमन्त्री भट्टले भने १५–१५ दिनमा अस्पतालको अवस्थाबारे जानकारी लिने र देखिएका समस्या समाधानका लागि पहल गर्ने बताएका छन् ।


बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव फेला, अझै केही शव पुरिएको आशंका

बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव...

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२५

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले...

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको आलोचना

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको...

वि.सं.२०८३ भदौ १६ मंगलवार १८:४३

काठमाडौँ। संसद्‌मा रहेका प्रमुख विपक्षी दलहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रका...

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:०६

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका...