View Point Long Banner Ad

साधना म्युजिक अवार्डको दोस्रो संस्करण राजधानीमा भव्यतापूर्वक सम्पन्न,

 विभिन्न ३० विधामा अवार्ड प्रदान

काठमाडौं, १२ भदौ

सामना म्युजिक क्रियशन प्रा.लि.को आयोजनामा राजधानीमा शुक्रबार दोस्रो साधना म्युजिक अवार्ड भव्यतापूर्वक सम्पन्न भएको छ ।

विभिन्न ३० विधामा अवार्ड प्रदान गरिएको समारोहमा गायक कृष्णभक्त राईलाई दीर्घ साधना सम्मान प्रदान गरिएको थियो ।उहाँलाई नगद ११ हजार १११ नगद सहित सम्मान गरिएकोथियो।

गायक, संगीतकार तथा निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साहित्यकार दामोदर पुडासैनी, कलाकार मोहन निरौला, गायक चन्द्र शर्मा, शिव परियार, सीताराम पोख्रेल, गीतकार तथा साहित्यकार शान्तिप्रिय, समाजसेवी टेकबहादुर बम, सहित्यकार डीआर राई, गीतकार/पत्रकार सुमन वैरागी लगायतले सम्मानित व्यक्तित्व तथा उत्कृष्ट सर्जकहरूलाई अवार्ड प्रदान गर्नुभएको थियो ।

उक्त समारोहमा आइटिविज्ञ राजेन्द्र अर्याल र लेखक तथा पत्रकार गीता अधिकारीलाई सम्मान प्रदान गरिएको थियो । अवार्ड समारोहका सचिव गोकर्ण लामिछानेले स्वागत मन्तव्य राख्नुभएको सामारोहमा आयोजक संस्थाकी अध्यक्ष सामना शाहले गीत संगीत र यससँग सम्बन्धितका सर्जकहरूलाई सम्मान गर्ने उद्देश्यले अवार्ड, पुरस्कार तथा सम्मानका लागि अवार्ड समारोह आयोजना गरिएको बताउनुभयो ।

कोरोना संक्रमणका कारण समयमै अवार्ड हुन नसकेर केही विलम्बगरी दोस्रो संस्करण गरेको बताउनुभयो ।

समारोहमा सर्वोत्कृष्ट अवार्ड चुम्न सफल हुने सर्जजकहरू

सर्वोत्कृष्ट लोकदोहोरी
विष्णु माझी – शित ।

सार्वेत्कृष्ट शब्द
सुजन लम्साल – सुन्तला गुलियो ।

सर्वोत्कृष्ट लय
रामु खडका – सोझोपन ।

सर्वोत्कृष्ट शब्द (नवप्रतिभा)
रमेशबाबु थापा – मायाकै नाम प्यारो ।

सर्वोत्कृष्ट लय (नवप्रतिभा)
दामोदर भण्डारी – छुर्पी चौरी गाईको ।

सर्वोत्कृष्ट गायक
नेत्र भण्डारी – बनपालेको लोरी

सर्वोत्कृष्ट गायक (नवप्रतिभा)
ईश्वर थापा – लाइदिम कि मोहोनी

सर्वोत्कृष्ट गायिका
देवी घर्ती – बनकी चरी

सर्वोत्कृष्ट गायिका (नवप्रतिभा)
रितु तामाङ – मनचरी

सर्वोत्कृष्ट मोडल पुरुष (अभिनय)
शिशिर पौडेल – आज मुटु

सर्वोत्कृष्ट मोडल महिला (अभिनय)
सञ्चिता शाही – स्यानु मायालु

सर्वोत्कृष्ट मोडल पुरुष (नृत्य)
शंकर बि.सी. – लाममाया छपक्कै

सर्वोत्कृष्ट मोडल महिला (नृत्य)
टिका जैशी – आए छैली

सर्वोत्कृष्ट निर्देशक
काजीश श्रेष्ठ – लाईदिम की मोहनी

यस्तै आधुनिक विधामा

सर्वोत्कृष्ट गीतकार
रामचन्द्र ढकाल – पिडा

सर्वोत्कृष्ट नवगीतकार
वीरेन्द्रकुमार बलामी – मैले बोल्नै जानीन

सर्वोत्कृष्ट संगीतकार
सन्तोष श्रेष्ठ – उदास जवानी

सर्वोत्कृष्ट गायक
प्रमोद खरेल – भुपु माया २

सर्वोत्कृष्ट गायिका
प्रविशा अधिकारी – कतिमाया

सर्वोत्कृष्ट मोडल पुरुष
सनम कठायत – भुपु माया २

सर्वोत्कृष्ट मोडल महिला
अप्सना थापा – एक पल्ट भन २

सर्वोत्कृष्ट मोडल पुरुष (नवप्रतिभा)
राज तमाङ – बारीको बनमारा

सार्वोत्कृष्ट मोडल महिला (नवप्रतिभा)
सुजल बम – जसलाई म आफ्नो

सार्वोत्कृष्ट गायक (नवप्रतिभा)
सम्राट चौलागाईं – आमा

सर्वोत्कृष्ट गायिका (नवप्रतिभा)
एलिना चौहान – छोडेर नजाउ

सर्वोत्कृष्ट युगल गीत
सुनिल कटुवाल र मेलिना राई – मुखैमा राम राम

सार्वोत्कृष्ट निर्देशक
अञ्जन शर्मा – अरुलाई माया

यस्तै अन्य बिधामा

सार्वोत्कृष्ट छायाँकार
शम्भु चालिसे – रामकसम

सर्वोत्कृष्ट सम्पादक
विकाश दाहाल – कोशौ टाढा

सर्वोत्कृष्ट एरेञ्जर
केशव बडु – ओए काजल

त्यसैगरी जुरी अवार्डमा
सार्वोत्कृष्ट लोक गीत – कृष्ण रेउले
सार्वोत्कृष्ट मोडल अभिनय – उषा सुवेदी
सर्वोत्कृष्ट मोडल नृत्य – पीएन सापकोटा
सार्वोत्कृष्ट बेष्ट मोडल – रिना थापा
इन्करेजमेन्ट अवार्ड – अभिषेक खडका


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फिल्म प्रवर्द्धन गर्न पूर्वी नेपालका सहरमा कन्सर्ट गर्दै तक्मे बुढा, राजेशपायल

फिल्म प्रवर्द्धन गर्न पूर्वी नेपालका सहरमा कन्सर्ट...

वि.सं.२०८२ असोज २६ आइतवार ११:०४

काठमाडौं । ७ कात्तिकदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’ले पूर्वी...

अमेरिकी गायिका टेलर स्विफ्टले फेरि एकपटक इतिहास रचेकी छिन्

अमेरिकी गायिका टेलर स्विफ्टले फेरि एकपटक इतिहास...

वि.सं.२०८२ असोज २३ बिहीवार १३:४२

एजेन्सी । अमेरिकी गायिका टेलर स्विफ्टले फेरि एकपटक इतिहास रचेकी...

सडकमा भिख माग्नेदेखि सिनेमासम्म

सडकमा भिख माग्नेदेखि सिनेमासम्म

वि.सं.२०८२ असोज २२ बुधवार १२:१२

मुम्बई । सन् १९९० को दशकका हिन्दी फिल्महरूमा एउटा यस्तो...

वि.सं.२०८२ असोज २० सोमवार १६:४६

नयाँ दिल्ली । बलिउडका बादशाह शाहरुख खान अर्बपतिहरूको सूचीमा प्रवेश...