View Point Long Banner Ad

फिल्म प्रवर्द्धन गर्न पूर्वी नेपालका सहरमा कन्सर्ट गर्दै तक्मे बुढा, राजेशपायल

काठमाडौं । ७ कात्तिकदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’ले पूर्वी नेपालका सहरबाट प्रचारप्रसार थालेको छ । फिल्म प्रवर्धनको लागि फिल्मले पूर्वका विभिन्न सहरमा सांगीतिक कार्यक्रमको आयोजना गरेको छ । पूर्वका सडकमा गुड्ने विद्युतीय रिक्ससहितका अटो ‘मैझारो’मय भएका छन् । हाँस्य कलाकार समेत रहेका निर्देशक विल्सनविक्रम राईले आफ्नो फिल्मलाई दर्शकमाझ पुर्‍याउन कस्सिएर लागिपरेका छन् । उनी आफ्नै सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई हँसाउदै सांगीतिक धमाका दिदैछन् । उनीसँग गायक राजेशपायल राई, संगीतकार तथा गायक अनमोल गुरुङसहितका कलाकारले प्रस्तुति दिनेछन् । विहिबार धरानमा फिल्मको प्रचारका रुपमा कन्सर्टको आयोजना गरिएको थियो ।

शुक्रबार गृहजिल्लामा निर्देशक राईसहितको टोलीले सांगीतिक प्रस्तुति दिँदैछ । शनिबार विर्तामोडको मुक्ति चोकमा कार्यक्रम भएको छ । दमक, मोरङको बेलबारी, सुनसरीको इटहरी, धरानमा सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ ।

‘फिल्म मैझारोको व्यापक प्रचारमा लागेका छौँ,’ उनले भने, ‘दर्शकलाई मनोरञ्जनका साथै फिल्म हलमा लाग्न लागेको जानकारी दिनका लागि यो कार्यक्रमको आयोजना गरेका हौँ । यो नौलो तरिका पनि हो ।’

यसअघि यो फिल्मको प्रचारसामाग्री पोस्टर, दुई गीत र टिजर सार्वजनिक भैसकेका छन् ।

निर्देशक राईकै लगानी र पटकथा लेखन रहेको यस फिल्मले मौलिक प्रेम कथालाई चित्रण गर्नेछ । फिल्ममा धीरज मगर, मिरुना मगर, दीया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बुको अभिनय छ ।

‘तक्मे प्रोडक्सन’ को ब्यानरमा फिल्म निर्माण भएको हो ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...