View Point Long Banner Ad

हलिउड अभिनेत्री डायन किटनको निधन

लस एञ्जलस । प्रसिद्ध हलिउड अभिनेत्री डायन किटनको निधन भएको छ । ७९ वर्षको उमेरमा किटनको निधन भएको हो । किटन एनी हल, द गडफादर र फादर अफ द ब्राइड आदि फिल्मका लागि परिचित छिन् । अनौठो शैली, जीवन्त व्यक्तित्व र अभिनयको गहिराइले उनलाई आफ्नो पुस्ताको सबैभन्दा विशिष्ट अभिनेत्रीहरू मध्ये एक बनाएको थियो । किटनको निधनले हलिउड र विश्वभरका फिल्म प्रेमीहरूलाई ठूलो धक्का लागेको छ । उनको मृत्युको कारण तत्कालै खुलाइएको थिएन ।

डायन किटनको जन्म १९४६ को जनवरीमा लस एन्जलसमा भएको थियो । उनको वास्तविक नाम डायन हल थियो । उनको परिवार फिल्म उद्योगसँग जोडिएको थिएन । तर किटनलाई थिएटर र गायनतिर रुचि थियो । उनले न्यूयोर्कमा सानफोर्ड मेइसनरबाट अभिनयको अध्ययन गरे, जसले उनलाई मानव व्यवहारको जटिलताहरू अन्वेषण गर्ने स्वतन्त्रता दियो ।  किटनले १९६८ मा ब्रोडवेमा ‘हेयर’ र ‘प्ले इट अगेन, साम’मा अभिनय गरेकी थिइन् । यसका लागि उनी टोनी अवार्डको लागि मनोनीत भइन् । किनटले १९७० को ‘लभर्स एण्ड अदर स्ट्रेंजर्स’बाट फिल्म उद्योगमा डेब्यू गरेकी थिइन् । तर ृनलाई फ्रान्सिस फोर्ड कोपोलाको ‘द गडफादर’ले चर्चा दिलायो । यसलाई अहिलेसम्मकै सबैभन्दा प्रिय फिल्महरू मध्ये एक मानिन्छ । किटनले १९७० को दशकमा ‘स्लीपर’, ‘लभ एण्ड डेथ’, ‘इन्टेरियर्स’, ‘म्यानहट्टन,’ ‘म्यानहट्टन मर्डर मिस्ट्री’, र ‘प्ले इट अगेन, साम’ लगायत वुडी एलेनका कयौं फिल्ममा अभिनय गरेकी थिइन् । यद्यपि, उनको सबैभन्दा स्मरणीय भूमिका ‘एनी हल’मा थियो । यसमा उनको विचित्र र आत्म–मग्न शैली दर्शकहरूले सधैं सम्झनेछन् । किटनले आफ्नो करियरमा चार ओस्कर नामांकन प्राप्त गरिन । उनले ‘एनी हल’को लागि पहिलो ओस्कर जितिन् ।


बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव फेला, अझै केही शव पुरिएको आशंका

बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव...

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२५

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले...

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२०

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा...

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको आलोचना

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको...

वि.सं.२०८३ भदौ १६ मंगलवार १८:४३

काठमाडौँ। संसद्‌मा रहेका प्रमुख विपक्षी दलहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रका...

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...