View Point Long Banner Ad

२ नम्बरी फिल्मको छायांकन सुरु, अटाउलान् त पल शाह ?

दीपेन्द्र लामाको निर्देशन रहेको फिल्म ‘२ नम्बरी’ को छायांकन फेरि सुरु हुने भएको छ । पहिलो चरणको कोरोना महामारीको कारण रोकिएको फिल्म अहिले आएर फेरि सुरु हुन लागेको हो । फिल्मको छायांकन १ चैत्रबाट सुरु हुने निर्माता करिण नेपालीले बताए ।

काठमाडौंबाट सुरु भएको फिल्मको छायांकन पोखरामा पुगेर रोकिएको थियो । अहिले फिल्मको छायांकन लोकेसन र केही कलाकार भने फेरिने भएका छन् । फिल्मका एक कलाकार जयनन्द लामाको निधन भएको र कलाकार पल शाह बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेकोले निर्माण युनिटले केही कलाकार परिवर्तन गर्न लागेको हो । निर्माता किरण नेपालीले स्वर्गीय कलाकार जयनन्द लामाको ठाउँमा अर्को कलाकार राखिने भएपनि पलको विषयमा केही निर्णय नभएको बताए । ‘पल शाहमाथि आरोप लागेको हो । प्रमाणित भएको छैन’ किरणले भने ‘केही दिनपछि उनको बिषयमा हुने कानुनी फैसला अनुसार हामी उनी रहने नरहने निर्णय गर्नेछौँ ।’ फिल्ममा पल परिवर्तन हुन सक्ने किरणले सुनाए ।

फिल्ममा दयाहाङ राई, उगेन छोदेन भुटानी अभिनेत्री, वर्षा राउत लगायतको मुख्य भूमिका रहनेछ । निर्देशक लामाकै कथा रहेको फिल्मको निर्मातामा रोहित कट्टेल र सरोज नेपाली हुन्, भने प्रस्तुतकर्तामा किरण नेपाली रहेका छन् ।


नेपाली फिल्म क्षेत्रमा रौनक : फ्लोरमा आधा दर्जनबढी, घोषणा थुप्रै

नेपाली फिल्म क्षेत्रमा रौनक : फ्लोरमा आधा...

वि.सं.२०८३ भदौ ४ बिहीवार १९:००

काठमाडौँ । नेपाली चलचित्र क्षेत्र यतिबेला निकै चलायमान देखिएको छ...

चीनमा नयाँ शीर्षकका साथ रिलिज हुँदै रणवीरको ‘रामायण’

चीनमा नयाँ शीर्षकका साथ रिलिज हुँदै रणवीरको...

वि.सं.२०८३ साउन ३१ आइतवार १९:५७

नयाँ दिल्ली । सन् २०२६ को सबैभन्दा ठूलो भारतीय फिल्म...

शितल गुरुङ र कल्पना सोनीको परेवा जोडी गीत सार्वजनिक

शितल गुरुङ र कल्पना सोनीको परेवा जोडी...

वि.सं.२०८३ असार ४ बिहीवार १३:२३

शितल गुरुङ र कल्पना सोनीको परेवा जोडी गीत सार्वजनिक भयो,...

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फिल्म प्रवर्द्धन गर्न पूर्वी नेपालका सहरमा कन्सर्ट गर्दै तक्मे बुढा, राजेशपायल

फिल्म प्रवर्द्धन गर्न पूर्वी नेपालका सहरमा कन्सर्ट...

वि.सं.२०८२ असोज २६ आइतवार ११:०४

काठमाडौं । ७ कात्तिकदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’ले पूर्वी...