View Point Long Banner Ad

५० लाख घरधुरी अन्धकारमा

राजधानी ताइपेई लगायत ताइवानका प्रमुख शहरहरुमा बिजुली गएको छ । उर्जा प्लान्टमा दुर्घटना भएपछि बिजुली गएको हो । देशको आर्थिक मामिला मन्त्री वाङ मिहुवाले यो दुर्घटना दक्षिणी ताइवानको उर्जा प्लान्टमा भएको बताएकी राज्य स्वामित्वको मिडिया सेन्ट्रल न्यूज एजेन्सीले जनाएको छ । यो विषय तत्काल समाधान गरिने उनले थपिन् । बिजुली जाँदा ५० लाख घरधुरी प्रभावित भएका छन् ।

राज्य संचालित उर्जा अपरेटर ताइपावरले सियाङडा उर्जा प्लान्टको ट्रान्सफर्मरमा यो घटना भएको जनाएको छ । उनीहरुले उर्जाको ब्याकअपलाई सक्रिय पार्न लागेको पनि उनले बताएकी छन् । यो उर्जा प्लान्टले ताइवानको उर्जाको ७ भागको १ भाग आपूर्ति गर्दै आएको छ ।

ताइवानस्थित विश्वकै ठूलो चिप निर्माता टीएसएमसीले आफ्ना केही संख्याका प्लान्टहरुमा छोटो अवधिमा बत्ती जाने समस्या भोगेको जनाएको छ । यो टापु मुलुकले बेला बेलामा बत्ती जाने समस्या भोगिरहेको छ । २०१७ मा ठूलो रुपमा बत्ती जानाले ६६ लाख ८० हजार घरधुरी प्रभावित भएका थिए ।


कुलमानलाई हटाएको विरोधमा प्रतिपक्षी दलहरुले संसदमा विरोध गर्ने

कुलमानलाई हटाएको विरोधमा प्रतिपक्षी दलहरुले संसदमा विरोध...

वि.सं.२०८१ चैत १३ बुधवार १०:५०

१३ चैत, काठमाडौं । प्रतिपक्षी दलहरुले कुलमान घिसिङलाई पदबाट हटाउने...

गरिबी निवारणलाई पहिलो प्राथमिकता राख्न प्रधानमन्त्रीको निर्देशन

गरिबी निवारणलाई पहिलो प्राथमिकता राख्न प्रधानमन्त्रीको निर्देशन

वि.सं.२०८१ चैत १ शुक्रवार १४:४९

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादनकत्व र...

जसपा नेपालको दोस्रो दिनको बैठक सुरु

जसपा नेपालको दोस्रो दिनको बैठक सुरु

वि.सं.२०८१ फागुन १९ सोमवार १३:३२

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक सुरु...

सरकारले दल विभाजनसम्बन्धी व्यवस्था संशोधन गर्न विधेयक ल्याउँदै

सरकारले दल विभाजनसम्बन्धी व्यवस्था संशोधन गर्न विधेयक...

वि.सं.२०८१ फागुन १७ शनिवार २२:०७

  १७ फागुन, काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी व्यवस्था संशोधनका...

भूमि अध्यादेशको विपक्षमा मधेश केन्द्रित ८ दलीय गठबन्धन

भूमि अध्यादेशको विपक्षमा मधेश केन्द्रित ८ दलीय...

वि.सं.२०८१ फागुन ८ बिहीवार ११:४९

काठमाडौं । मधेश केन्द्रित आठ दलीय गठबन्धनले भूमि अध्यादेशले दूरगामी...

वि.सं.२०८१ फागुन ३ शनिवार १५:५२

बालुवाटार बैठकबाटै उपेन्द्रलाई फोन, गृहमन्त्रीको दाबी अध्यादेश अघि बढ्छ  ...