View Point Long Banner Ad

बालुवाटार बैठकबाटै उपेन्द्रलाई फोन, गृहमन्त्रीको दाबी अध्यादेश अघि बढ्छ

 

३ फागुन, काठमाडौं । सरकारले जारी गरेका अध्यादेशमा सहमति जुटेको सत्तारुढ गठबन्धनमा आबद्ध दलका नेताहरूले दाबी गरेका छन् ।

सरकारले हिउँदे अधिवेशन नभएको बेला पारेर ६ वटा अध्यादेश जारी गरेको थियो ।

 

तीमध्ये भूमिसम्बन्धी अध्यादेशमा आफूहरूको असहमति रहेको सो पार्टीले यसअघि नै निर्णय लिएको थियो । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसको प्रतिनिधिसभामा प्रष्ट बहुमत भए पनि राष्ट्रिय सभामा उपेन्द्र यादव नेतृत्वको जसपा, नेपाल निर्णायक छ ।

सत्तारुढ दल लोकतान्त्रिक समाजवादी पार्टीले पनि भूमिसम्बन्धी अध्यादेश स्वीकार नगर्ने बताएको थियो । यद्यपि शनिबार बालुवाटारमा बसेको बैठकमा लोसपा अध्यक्ष महन्थ ठाकुर पनि सहभागी थिए ।

 

गृहमन्त्री समेत रहेका कांग्रेस नेता रमेश लेखकले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र सांसद रापकिशोर यादवसँग छलफल गरेरै सहमति भएको दाबी गरेका छन् । बालुवाटार बैठकबाटै उनीहरूसँग फोन संवाद भएको गृहमन्त्री लेखकले बताएका छन् ।‘जसपा नेपालको उपेन्द्र र राजकिशोरजीसँग फोनमा वार्ता भएको छ । उहाँहरूसँग पनि कुरा भएको छ,’ गृहमन्त्री लेखकले भने ।

अध्यक्ष यादव काठमाडौं बाहिर भएकाले आजको बैठकमा सहभागी नभएको पनि उनले बताए । ‘काठमाडौं बाहिर भएकाले फोनमा कुरा भएको छ,’ उनले भने । यद्यपि, जसपा नेपालका प्रवक्ता मनिष सुमनले भने अध्यादेशका पक्षमा उभिनेबारे आफूहरूको पार्टीबाट कुनै निर्णय भएको जिकिर गरे ।

‘भूमिसम्बन्धी अध्यादेश त फिर्ता नै गर्नुपर्छ भनेर हामीले राखेको अडान यथावत छ,’  ‘अन्य पाँच वटा अध्यादेश पनि प्रतिस्थापन विधेयकमार्फत् संशोधन हुनुपर्छ ।’

उपेन्द्र नेतृत्वको जसपा नेपाल बाहेक सत्ता गठबनध्नका सबै दलहरू बैठकमा सहभागी भएको लेखकले बताए । ‘सरकारमा रहेका सबै राजनीतिक दलका शीर्ष नेताहरू उपस्थित हुनुहुन्थ्यो । सहमति भएको छ । सहमति अनुसार नै अघि बढ्छौं,’ उनले भने ।

प्रतिनिधिसभाको बैठक भोलि बस्दैछ भने राष्ट्रिय सभा बैठक ६ गते बस्दैछ । ‘प्रतिस्थापन हुन्छ । हामी सहमति गरेर जान्छौं । सबै अध्यादेशलाई भोलि प्रतिस्थापन गर्नैपर्छ । सहमति भएका अध्यादेश अघि बढ्छन्,’ लेखकले भने, ‘भूमिसम्बन्धीमा प्रतिस्थापन गर्दा आपसमा छलफल गरेर सबैका भावना समेटेर अघि बढ्छौं ।’

लेखकले अघि थपे, ‘राष्ट्रिय सभा ६ गते छ । सम्भवतः सोही दिन प्रस्तुत हुन्छ होला ।’

 

 


बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव फेला, अझै केही शव पुरिएको आशंका

बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव...

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२५

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले...

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२०

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा...

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको आलोचना

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको...

वि.सं.२०८३ भदौ १६ मंगलवार १८:४३

काठमाडौँ। संसद्‌मा रहेका प्रमुख विपक्षी दलहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रका...

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...