View Point Long Banner Ad

आफ्नै भाइले विवाह गर्न नभ्याएपछि दाइलाई बनाए दुलहा

मोहम्मद बुया तुरे, स्विडिस फुटबल क्लब माल्मो एफसीका स्ट्राइकरले सियरा लियोनस्थित आफ्नै विवाहमा सरिक हुन पाएनन् । त्यसैले उनले आफ्नो महत्वपूर्ण दिनमा आफ्ना दाइलाई दुलहा बनिदिन आग्रह गरे ।

अघिल्लो महिना २६ वर्षका फुटबल खिलाडी मोहम्मद बुयाले चिनियाँ लिग छोडेर स्विडिस क्लब माल्मो एफसीसँग अनुबन्ध भए । यो सम्झौताबारे जुलाई २२ मा घोषणा भएपछि क्लबले उनलाई महत्वपूर्ण खेलको तयारीका लागि यथाशीघ्र क्लबमा आउन आग्रह गेको थियो । यसका लागि उनको एउटै मात्र समस्या थियो । अफ्रिकाका यी स्ट्राइकरले आफ्नो विवाहको पहिले नै योजना बनाइसकेका थिए त्यसैले उनले आफ्नो निर्णय फिर्ता लिनसमेत चाहेनन् । आफ्नो नयाँ क्लबमा पनि नकारात्मक छवि पनि उनी चाहँदैनथे त्यसैले उनले दुबैतिर मिल्ने एउटा निर्णय गरे । उनका दाइले उनको सट्टा फुटबल त खेल्न सक्दैनन्, त्यसैले उनले आफ्नो विवाह दुलहा बनिदिन दाइलाई आग्रह गरे ।

‘हाम्रो विवाह सियरा लियोनमा जुलाई २१ तारिखमा भयो तर म त्यहाँ थिइनँ किनभने माल्मो क्लबले मलाई छिटोभन्दा छिटो आउन भनेको थियो,’ मोहम्मद बुया तुरेले स्वेडिस न्युजपेपर एफ्टोनब्लेडेटसँग भने । ‘हामीले प्रि वेडिङ फोटोसुट गर्यौँ, त्यसैले म त्यहाँ भएको जस्तो भयो । तर वास्तवमा म आफ्नै विवाहमा थिइनँ मेरा दाइले विवाहमा गर्नुपर्ने मेरो सबै काम कारवाही गरिदिनुभयो ।’

सुन्दा अचम्म लाग्ला, कतिले ‘वाहियात, कस्तो समाचार बनाएको पत्रुकार रु’ पनि भन्नुहोला तर यो साँचो हो । बुया तुरेका दाइ र उनकी श्रीमती सौवाद बेडनलाई विवाहको केक सँगै काटिरहेको देख्न सकिन्छ । त्यतिबेला ती फुटबलरलाई कहिँ कतै देखिँदैन । बुयाले आफ्नो तीनवटा फोटो सोसल मिडियामा सार्वजनिक गरेका छन् तर ती सबै विवाह अघि नै खिचिएको पनि स्पष्टिकरण दिएका छन् ।

‘म मेरी श्रीमतीलाई स्विडेन नै ल्याउन चाहन्छु किनभने म उनीसँग निकै नजिक छु,’ अफ्रिकाका फुटबल खेलाडीले पत्रकारलाई भने । ‘उनी मसँग यहाँ नै बस्नेछिन् ।’

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

शरीरको प्रतिरोध प्रणालीबारे खोजी गर्ने तीन वैज्ञानिकलाई नोबेल चिकित्सा पुरस्कार

शरीरको प्रतिरोध प्रणालीबारे खोजी गर्ने तीन वैज्ञानिकलाई...

वि.सं.२०८२ असोज २० सोमवार १९:३०

स्टकहोम । यस वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कारको घोषणा भएको...

उपेन्द्र महतोमाथिको प्रहार सबै एनआरएनमाथिको प्रहार  हो : अध्यक्ष श्रेष्ठ

उपेन्द्र महतोमाथिको प्रहार सबै एनआरएनमाथिको प्रहार हो...

वि.सं.२०८२ असोज ८ बुधवार १३:४२

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार...

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल अष्ट्रेलिया शाखामा गायिका विन्दु पौडेलको नेतृत्व

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल अष्ट्रेलिया...

वि.सं.२०८२ असोज ८ बुधवार १३:४०

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अष्ट्रेलिया...

उपभोक्ता समितिबाट १० लाखभन्दा बढीका आयोजनाहरू गराउन नपाइने

उपभोक्ता समितिबाट १० लाखभन्दा बढीका आयोजनाहरू गराउन...

वि.सं.२०८२ असोज ८ बुधवार १२:४७

काठमाडौं । नेपाल सरकारले १० लाखभन्दा बढीका आयोजनाहरूलाई उपभोक्ता समितिबाट कार्यान्वयन...