राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल अष्ट्रेलिया शाखामा गायिका विन्दु पौडेलको नेतृत्व
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अष्ट्रेलिया शाखामा गायिका विन्दु पौडेलको नेतृत्वमा नयाँ कार्यसमिचि चयन भएको छ । प्रतिष्ठानको तेस्रो अधिवेशनबाट गायिका पौडेललाई नयाँ नेतृत्वका लागि चयन गरिएको हो । गायिका पौडेलको नेतृत्वमा रहेको २२ जनाको कार्यसमिति चयन भएको हो ।
गायिका पौडेलको नेतृत्वमा रहेको प्रतिष्ठानको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष प्रकाश सापकोटा, प्रथम उपाध्यक्ष डीबी थापा, द्वितीय उपाध्यक्ष सुमन पोखरेल र महिला उपाध्यक्षमा निशा केसी रहेका छन् । त्यस्तै सचिवमा आबृत्ति भुसाल, सहसचिवमा आरती रुचाल, कोषाध्यक्षमा गोविन्द भण्डारी, सहकोषाध्यक्षमा विष्णु न्यौपाने चयन भएका छन् । त्यस्तै प्रतिष्ठानको सदस्यहरुमा उमा गिरी, नवराज भण्डारी, डीबी कालिज, सबिन भण्डारी विक्रम शर्मा, एडिसा गैरे, भुवन लम्साल, प्रकाश सापकोटा, अमृत सापकोटा, काजिश श्रेष्ठ, मिलन विश्वकर्मा, रोशन रेग्मी र अन्जु अधिकारी रहेका छन् ।
वि.सं.२०८२ असोज ८ बुधवार १३:४०
















