View Point Long Banner Ad

उपेन्द्र महतोमाथिको प्रहार सबै एनआरएनमाथिको प्रहार हो : अध्यक्ष श्रेष्ठ

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठले संस्थापक अध्यक्ष उपेन्द्र महतोसँग भेट गरेका छन् । भदौ २३–२४ को जेनजी आन्दोलनका क्रममा घर ध्वस्त भएका महतोलाई बुधवार भेटेर अध्यक्ष श्रेष्ठले उक्त आक्रमण सम्पूर्ण एनआरएनमाथिको आक्रमण भएको बताए ।

एनआरएनबीचको एकता कमजोर हुँदा सबैतिरबाट आक्रमण भइरहेको भन्दै सबैलाई एकताबद्ध हुनका लागि अध्यक्ष श्रेष्ठले आग्रह पनि गरे । उनले भने ‘तपाईँको निवासमा गरिएको दुष्कृत्य केवल तपाईँ र तपाईँको परिवारमाथि प्रत्यक्ष आक्रमण मात्र थिएन, यो देशभित्र र विदेशमा रहेका प्रत्येक नेपालीको सम्मान, सुरक्षा र आशामाथि गरिएको हमला पनि हो ।’

आक्रमणले एनआरएन समुदायका  हरेक सदस्यको मनमा गहिरो चोट पुर्‍याएको उल्लेख गर्दै अब बलियो एकताको सङ्कल्पका साथ अघि बढ्नु पर्नेमा अध्यक्ष श्रेष्ठले जोड दिए ।

नेपालमा  सुरक्षा अवस्था कमजोर रहेको सन्देश गएको र यसले लगानी भित्र्याउन नकारात्मक असर पर्ने भन्दै यसका लागि सरकारले गम्भीर रूपमा समीक्षा गर्नु पर्नेमा उनले जोड दिए ।

यसैगरी एनआरएनएका पूर्व अध्यक्ष डा. शेष घलेले उक्त घटना दुखद भएको बताउँदै हिम्मत नहार्न हौसला प्रदान गरे । संस्थागतरुपमै सबै मिलेर नेपालको आर्थिक विकासका लागि पनि एनआरएनए केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।

यसैगरी एनआरएनए अभियन्ता आरके शर्माले एकताबद्ध एनआरएन बनाएर सबै अघि बढेमा आगामी दिनमा कसैले पनि एनआरएनहरू माथि हमला गर्न नसक्ने बताए।  उनले हामी केही लिन नभएर केही दिनको लागि मातृभूमिको सेवामा जुटी रहेका छौँ भन्दै यो कुरा बुझी दिन सबै नेपालीलाई आग्रह पनि गरे।

त्यसैगरी, संस्थापक अध्यक्ष महतोले आफूले  सधैँ नेपालको उन्नति होस्  भनेर यतै लगानी गरेको बताउँदै यस्तो घटनाबाट पाठ सिकेर अघि बढ्नु पर्नेमा जोड दिए ।

उनले आफू व्यक्तिलाई भन्दा पनि एनआरएनलाई कमजोर पार्ने मानसिकताबाट उक्त आक्रमण गरिएको बताए । उनले आफ्नो घरमा क्षति गर्नेहरू जेनजी नभएको बताउँदै लुटेराहरूको पहिचान गरेर कारबाही गर्नु पर्नेमा जोड दिए । उनले भने, ‘यस पटक म माथि आक्रमण भयो, अर्को पटक अरू साथीहरूलाई नहोस्, म नै पहिलो र अन्तिम हुन चाहन्छु ।’

सो अवसरमा एनआरएनए उच्चस्तरीय समितिकी सदस्य सचिव जानकी गुरुङ, एनआरएन उपाध्यक्ष खगेन्द्र न्यौपाने, महिला संयोजक रश्मि थापा, युवा संयोजक भीमसेन थापा, अनुसन्धान संयोजक दीपेश खत्री, सदस्यसचिव धर्म राज गिरी, विपद् व्यवस्थापन समितिका सदस्य निरञ्जन भण्डारी, नीराजन खत्री लगायतको उपस्थिति थियो ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...