शरीरको प्रतिरोध प्रणालीबारे खोजी गर्ने तीन वैज्ञानिकलाई नोबेल चिकित्सा पुरस्कार

स्टकहोम । यस वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कारको घोषणा भएको छ ।
म्यारी ई. ब्रन्को, फ्रेड राम्सडेल र सिमोन साकागुचीलाई सो पुरस्कार दिने घोषणा गरेको हो ।
यि तीन जनाले शरीरको प्रतिरोध प्रणालीमा ‘रेग्युलेटरी टी-सेल‘ नामक विशेष कोषहरू रक्षकका रूपमा उपस्थित हुन्छन् भन्ने तथ्य पत्ता लगाएका थिए । शरीरको शक्तिशाली प्रतिरक्षा प्रणालीलाई नियन्त्रणमा राख्न आवश्यक छ, नत्र यसले हाम्रो आफ्नै अंगहरूमा आक्रमण गर्न सक्छ । ब्रन्को, राम्सडेल र साकागुचीले यसलाई नियन्त्रणमा राख्ने तरिका पत्ता लगाएका थिए ।
वि.सं.२०८२ असोज २० सोमवार १९:३०