View Point Long Banner Ad

गोलभेडामा भेटियो अत्यधिक विषादी

कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा सञ्चालित हाट बजारमा बिक्री गर्न ल्याइएको गोलभेडा(टमाटर)मा अत्यधिक विषादीको मात्रा भेटिएको छ ।

तरकारी हाट बजारमा रहेको विषादीको अवशेष द्रुत विश्लेषण एकाइले गोलभेडामा गरेको परीक्षणका क्रममा अत्यधिक विषादीको मात्रा भेटिएको हो ।

विषादी अवशेष द्रुत विश्लेषण एकाइका अनुसार रोल्पामा रहेको मिलन ट्रेड एन्ड सप्लायर्सबाट आयात गरि हाट बजारमा ल्याइएको गोलभेडामा ४८ दशमलव ४७ प्रतिशत अर्गानोफस्फेट भेटिएको हो । हाट बजारमा ल्याइएको सो गोलभेडा प्रयोगशालामा परीक्षण गर्दा ४८ दशमलव ४७ प्रतिशत अर्गानोफस्फेट भेटिएको विषादी अवशेष द्रुत विश्लेषण एकाइका प्राविधिक राजेन्द्रप्रसाद भट्टले बताए ।

परीक्षणका क्रममा अत्यधिक विषादी भेटिएको उक्त गोलभेडा खान अयोग्य भएकाले एक क्विन्टल गोलभेडा नष्ट गरिएको उनले जानकारी दिए । उनले प्रयोगशालामा ३५ प्रतिशतभन्दा कम अर्गानोफस्फोटको रोकावट दर भेटिएमा खान योग्य हुने ३५ देखि ४४ प्रतिशत रोकावट दर भेटिए केही दिन पर्खिएर खान मिल्ने बताउँदै ४५ भन्दा माथि रोकावट दर भेटिए नष्ट गर्ने गरिएको बताए ।

विषादी अवशेष द्रुत विश्लेषण एकाइले अत्तरियामा सञ्चालित हाट बजारमा दैनिक तरकारी र फलफूलको नमूनाको विषादी परीक्षण गर्दै आएको जनाएको छ । अत्तरियामा डेढ दशकदेखि सञ्चालनमा रहेको सो हाट बजार क्षेत्रिय हाट बजार हो । सो हाट बजारमा सुदूरपश्चिमभरका किसानले उत्पादन गर्दै आएका कृषिजन्य वस्तु सङ्कलन गरी विक्री वितरण गर्दै आएको हाट बजार व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल भट्टले बताए ।
रासस


सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

खुट्टामा देखिन्छ खराब रक्तसञ्चारका लक्षण, यसबाट कसरी बच्ने ?

खुट्टामा देखिन्छ खराब रक्तसञ्चारका लक्षण, यसबाट कसरी...

वि.सं.२०८२ असोज २८ मंगलवार १४:१६

काठमाडौँ । हाम्रो शरीर एउटा मेसिनजस्तै हो, जसको कार्य सञ्चालनका...

बारम्बार तताएको तेलले निम्त्याउन सक्छ क्यान्सर

बारम्बार तताएको तेलले निम्त्याउन सक्छ क्यान्सर

वि.सं.२०८२ असोज २५ शनिवार १६:२०

काठमाडौँ । तपाईंलाई थाहा छ? भान्सामा हुने एउटा सानो गल्तीले...

स्तन क्यान्सर पहिचान गर्ने ६ लक्षण

स्तन क्यान्सर पहिचान गर्ने ६ लक्षण

वि.सं.२०८२ असोज २२ बुधवार १३:४८

काठमाडौँ । महिलाहरूमा हुने क्यान्सरहरूमध्ये स्तन क्यान्सर सबैभन्दा सामान्य हो,...

चिकित्सकलाई मेडिकल कलेज सञ्चालकको धम्की ः आन्दोलन नरोकेसम्म भत्ता दिँदैनौं

चिकित्सकलाई मेडिकल कलेज सञ्चालकको धम्की ः आन्दोलन...

वि.सं.२०८२ वैशाख १६ मंगलवार १६:०७

  १६ वैशाख, काठमाडौं । चिकित्साशास्त्र स्नातकोत्तर तह (पीजी) अध्ययनरत...

पानीमा राजनीति छ, हामी अन्त्य गर्छौं ः प्रदीप यादव

पानीमा राजनीति छ, हामी अन्त्य गर्छौं ः...

वि.सं.२०८१ चैत ८ शुक्रवार १४:००

  ८ चैत, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यदावले पानीको मुहानमा...