View Point Long Banner Ad

हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु

एजेन्सी । दक्षिण–पश्चिम हाइटीमा शनिबार एउटा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

मिरागोएनमा भएको विस्फोटमा परी करिब ४० जना घाइते भएका छन् भने केहीको शरीरका अधिकांश भाग जलेको हाइटीको नागरिक सुरक्षा निकायका प्रमुख इमानुएल पियरेले बताएका छन् ।

पियरेका अनुसार उद्धारकर्ताले विस्फोटस्थल नजिकै जलेका थप आठ वटा शव फेला पारेपछि मृतकको सङ्ख्या २४ पुगेको हो । यसअघि शनिबार दिइएको जानकारीमा दुर्घटनाका कारण १६ जनाको मृत्यु भएको जनाइएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार घाइतेहरूलाई राजधानी पोर्ट–ओ–प्रिन्सबाट करिब १०० किलोमिटर पश्चिममा रहेको बन्दरगाह शहर मिरागोएनस्थित सेन्ट थेरेसी अस्पतालमा उपचारका लागि लगिएको छ भने छ जनालाई पोर्ट–ओ–प्रिन्सको विशेषज्ञ अस्पतालमा लगिएको थियो।

अन्य १३ जनाको शरीरको ८० प्रतिशत भन्दा बढी जलेको कारण यातायात असम्भव भएकाले सेन्ट थेरेसी अस्पतालमा नै उपचार भइरहेको छ ।
रासस


पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८० भन्दा बढी घाइते

पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८०...

वि.सं.२०८२ असोज २९ बुधवार १३:४५

स्पिन बोल्दाक । अफगानिस्तान–पाकिस्तान सीमामा भएको  झडपमा कम्तीमा १५ जना...

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

वि.सं.२०८२ असोज २६ आइतवार १६:००

२६ असोज, काठमाडौं । बेलायतमा सञ्चालित ‘एक्सरसाइज क्यामब्रेन पेट्रोल २०२५’...

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको तालिवानको दाबी

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको...

वि.सं.२०८२ असोज २६ आइतवार १४:४३

काबुल । पाकिस्तान गरेको आक्रमणको बदला लिन गरिएको कारबाहीमा ५०...

हलिउड अभिनेत्री डायन किटनको निधन

हलिउड अभिनेत्री डायन किटनको निधन

वि.सं.२०८२ असोज २६ आइतवार १०:५८

लस एञ्जलस । प्रसिद्ध हलिउड अभिनेत्री डायन किटनको निधन भएको...

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको मृत्यु

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको...

वि.सं.२०८२ असोज २६ आइतवार १०:३५

२६ असोज, काठमाडौं। इजिप्टको प्रसिद्ध रिसोर्ट शहर शर्म अल-शेख नजिक...

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के भन्छन् ट्रम्पका छोरा ?

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के...

वि.सं.२०८२ असोज २४ शुक्रवार १४:१५

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कारको...