View Point Long Banner Ad

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको तालिवानको दाबी

काबुल । पाकिस्तान गरेको आक्रमणको बदला लिन गरिएको कारबाहीमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको र ३० जना घाइते भएको दाबी अफगानिस्तानमा तालिवान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले गरेका छन् ।

प्रतिशोधात्मक कारबाहीमा २० पाकिस्तानी चौकीहरू कब्जा गरिएको तर लडाईं समाप्त भएपछि फिर्ता गरिएको पनि आइतबार काबुलमा एक पत्रकार सम्मेलनको क्रममा जबिहुल्लाह मुजाहिदले भने । पाकिस्तानले अझैसम्म जबिहुल्लाह मुजाहिदको दाबीमा कुनै प्रतिक्रिया दिएको छैन । यद्यपि, गृहमन्त्री मोहसिन नक्वीले शनिबार राति अफगानिस्तानको कारबाही प्रभावकारी रूपमा बदला लिइएको दाबी गरेका थिए । झडपको क्रममा नौ तालिबान कर्मचारी मारिएको र २० भन्दा बढी घाइते भएको पनि प्रवक्ताले पुष्टि गरे । जबिहुल्लाह मुजाहिदले आईएसआईएसको प्रमुख पाकिस्तानमा रहेको र यो सङ्गठन अझै पनि खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा सक्रिय रहेको आरोप लगाए । अफगानिस्तानबाट आईएसआईएस समाप्त भएको उनले बताएका थिए । पाकिस्तानमा आईएसआईएसका तालिम केन्द्रहरू स्थापना भएको आरोप लगाउँदै उनले अन्तर्राष्ट्रिय समुदायले यसमा ध्यान दिनुपर्ने पनि बताए । अफगान विदेशमन्त्रीको भारत भ्रमण कुनै पनि देश विरुद्ध निर्देशित नभएको र कसैले पनि यसमा आपत्ति जनाउनु नहुने पनि उनको भनाइ थियो ।

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...