नेपालगञ्ज । राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वआयुक्त मोहना अन्सारीले दिगो परिवर्तनका लागि मानव अधिकार, समानता र न्यायलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएकी छन्। नेपालगञ्जमा नेप्लीज मेटर्सद्वारा आयोजित ‘समाजको आवश्यकता र दिगो परिवर्तन’ विषयक विचार–विमर्श कार्यक्रममा उनले राज्य, नागरिक समाज र नयाँ पुस्ताबिचको सहकार्यबिना सार्थक परिवर्तन असम्भव रहेको बताइन्।
वि.सं.२०८२ असोज २६ आइतवार १५:५७
















