View Point Long Banner Ad

स्तन क्यान्सर पहिचान गर्ने ६ लक्षण

काठमाडौँ । महिलाहरूमा हुने क्यान्सरहरूमध्ये स्तन क्यान्सर सबैभन्दा सामान्य हो, जसका कारण हरेक वर्ष लाखौँ महिलाको ज्यान जाने गर्छ। तर, यसका लक्षणहरू सुरुवाती चरणमै पहिचान गर्न सकिए उपचार सफल हुने सम्भावना धेरै हुन्छ। यस बारेमा सचेतना फैलाउन हरेक वर्ष अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाको रूपमा मनाइन्छ।

 

स्तन क्यान्सरका मुख्य ६ लक्षणहरू :

१. स्तन वा काखीमा गाँठो : यो सबैभन्दा सामान्य लक्षण हो। यो गाँठो कडा र दुखाइरहित हुन सक्छ, तर दुख्ने पनि हुन सक्छ।
२. स्तनको आकार वा स्वरूपमा परिवर्तन : स्तनको आकार अचानक बढ्नु वा घट्नु, वा असामान्य देखिनु।

३. स्तनको छालामा परिवर्तन : स्तनको छाला सुन्तलाको बोक्राजस्तो देखिनु, रातो हुनु, खटिरा देखिनु, चिलाउनु वा पोल्नु।

४. निप्पलमा परिवर्तन : निप्पल भित्रतिर धस्सिनु, निप्पल वरपरको छाला चिलाउनु वा खटिरा आउनु।

५. निप्पलबाट डिस्चार्ज : निप्पलबाट रगत वा कुनै अन्य तरल पदार्थ निस्कनु।

६. स्तन वा निप्पलमा दुखाई : लगातार दुखाई हुनु, जुन महिनावारीसँग सम्बन्धित नहोस्।

 

स्तन क्यान्सरबाट बच्ने उपाय :

क्यान्सरलाई पूरै रोक्न नसकिए पनि जीवनशैलीमा परिवर्तन र नियमित जाँचबाट यसको जोखिमलाई कम गर्न सकिन्छ। डाक्टरहरूले यसका लागि नियमित स्क्रिनिङलाई सबैभन्दा महत्त्वपूर्ण मानेका छन् ः

१. आफै स्तन परीक्षण : हरेक महिलाले महिनावारीपछि महिनामा एक पटक आफ्नै स्तनको जाँच गर्नुपर्छ।

२. क्लिनिकल स्तन परीक्षण : २० देखि ३० वर्षका महिलाले हरेक ३ वर्षमा र ४० वर्षपछि हरेक वर्ष डाक्टरसँग परीक्षण गराउनुपर्छ।

३. मेमोग्राफी : ४० वर्ष वा सोभन्दा माथिका महिलाका लागि यो सबैभन्दा आवश्यक जाँच हो। डाक्टरको सल्लाहमा नियमित मेमोग्राफी गराउनुपर्छ।

यसका साथै, स्वस्थ आहार खाने, वजन नियन्त्रण गर्ने, दैनिक व्यायाम गर्ने, र धूम्रपान तथा मदिराबाट टाढा रहने कुराले पनि स्तन क्यान्सरको जोखिम कम गर्न मद्दत गर्छ।


बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव फेला, अझै केही शव पुरिएको आशंका

बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव...

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२५

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले...

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२०

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा...

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको आलोचना

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको...

वि.सं.२०८३ भदौ १६ मंगलवार १८:४३

काठमाडौँ। संसद्‌मा रहेका प्रमुख विपक्षी दलहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रका...

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...