View Point Long Banner Ad

बारम्बार तताएको तेलले निम्त्याउन सक्छ क्यान्सर

काठमाडौँ । तपाईंलाई थाहा छ? भान्सामा हुने एउटा सानो गल्तीले तपाईंलाई क्यान्सर जस्तो ज्यानमारा रोगको नजिक पुर्‍याउन सक्छ। त्यो गल्ती हो— खाना पकाइसकेपछि बचेको तेललाई फेरि तताएर प्रयोग गर्नु ।

हामी प्राय: तेल खेर नजाओस् भनेर यसो गर्छौँ, तर यो तपाईंको स्वास्थ्यसँग ठुलो खेलबाड हो । जुन तेललाई हामी खेर जान नदिएर बारम्बार तताउँछौँ, त्यो वास्तवमा हाम्रो शरीरमा विष घोलिरहेको हुन्छ।

  • बारम्बार तताउँदा तेल किन बन्छ विष?

जब हामी तेललाई पटक-पटक तताउँछौँ, तब त्यसबाट केही विषाक्त यौगिकहरू र फ्री रेडिकल्स निस्कन थाल्छन्। यी फ्री रेडिकल्सले हाम्रो कोशिकाहरूलाई सीधा क्षति पुर्‍याउँछन्, जसले क्यान्सरको जोखिम बढाउँछ।

पटक-पटक तताउँदा तेलमा एल्डिहाइड्स र पीएच जस्ता रसायनहरू पनि बन्छन्, जुन कार्सिनोजेनिक हुन्छन्। यसको मतलब, यी रसायनहरूमा शरीरमा क्यान्सर पैदा गर्ने क्षमता हुन्छ।
  • स्ट्रिट फुड खाँदा होसियार

डाक्टरका अनुसार, एक सर्वेक्षणमा धेरै स्ट्रिट फुड बिक्रेताहरूले एउटै तेललाई ४-५ पटकसम्म प्रयोग गर्छन्। उनीहरूको पसलबाट लिइएको तेलको नमुनामा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा दुई गुणा बढी विषाक्त तत्त्वहरू पाइएका थिए।

अब प्रश्न उठ्छ, हामीले के गर्ने?
  • सधैँ ताजा तेल प्रयोग गर्ने । एक पटक प्रयोग गरिसकेको तेललाई फेरि प्रयोग गर्नबाट बच्ने।
  • तोरीको तेल  र बदामको तेल जस्ता स्वस्थ विकल्पहरू छान्ने । यी तेलहरू स्वास्थ्यका लागि राम्रो मानिन्छन्।
  • जैतुनको तेल (‌ओलिभ ओयल) सही तरिकाले प्रयोग गर्ने । खाना पकाउनका लागि जैतुनको तेल प्रयोग नगर्ने। यसको सट्टा एक्स्ट्रा भर्जिन ओलिभ ओयल प्रयोग गर्ने । तर यसलाई सलाद वा हल्का ड्रेसिङका लागि मात्र प्रयोग गर्न सकिन्छ।
  • आफ्नो खानामा तरेको खानेकुराको मात्रा घटाएर त्यसको ठाउँमा बेक र स्टीम गरिएका खानेकुरा समावेश गर्ने।
  • यदि सम्भव हुन्छ भने, खाना पकाउनका लागि शुद्ध गाईको घिउको प्रयोग गर्ने। यसलाई सबैभन्दा सुरक्षित र स्वस्थ विकल्प मानिन्छ।

अस्वीकरण: लेखमा उल्लेख गरिएका सल्लाह र सुझावहरू सामान्य जानकारीको उद्देश्यका लागि मात्र हुन् र यसलाई व्यावसायिक चिकित्सा सल्लाहको रूपमा व्याख्या गर्नु हुँदैन। यदि तपाईंलाई कुनै प्रश्न वा समस्या छ भने सधैँ आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस्।


बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव फेला, अझै केही शव पुरिएको आशंका

बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव...

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२५

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले...

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२०

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा...

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको आलोचना

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको...

वि.सं.२०८३ भदौ १६ मंगलवार १८:४३

काठमाडौँ। संसद्‌मा रहेका प्रमुख विपक्षी दलहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रका...

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...