View Point Long Banner Ad

समीर भट्टको दमदार एक्सन ‘बलिदान’को ट्रेलरमा

काठमाडौँ । चलचित्र ‘बलिदान’को ट्रेलर शुक्रवार सार्वजनिक गरिएको छ । ट्रेलरको सुरुवातमा एक आमाले छोरासँग देश र अस्मिता बचाउने वचन मागिरहेकी दृश्यबाट सुरु भएको छ ।

अभिनेत्री ऋचा शर्मा आमाको भूमिकामा छिन् भने छोराको भूमिकामा समीर भट्ट रहेका छन् । शर्माले ‘देशको माटो र यसको अस्मितामाथि कुदृष्टि लगाउने रक्तबीजहरूलाई तैँले संहार गर्नेछस्’ भन्दै वचन लिन खोज्ने दृश्यले ट्रेलरलाई भावनात्मक धरातल दिएको छ । फिल्ममा समीरको भरपुर एक्सन छ ।

ट्रेलरमा अर्पण थापा, सौगात मल्ल र महेन्द्र बुढाथोकी फरक अवतारमा देखिएका छन् । मल्लले आफूलाई राक्षस बन्न बाध्य पारेको संवाद प्रस्तुत गरेका छन् भने समीर र सौगातबिचको द्वन्द्व दृश्य विशेष रूपमा राखिएको छ ।

चलचित्रको यसअघि सार्वजनिक गरिएको टिजरमा सौगात मल्लको मसाल बोकेको दृश्य, हेमन्त बुढाथोकीको शक्तिशाली संवाद र ऋचा शर्माको भावनात्मक प्रश्नले दर्शकलाई देशभक्ति र क्रोधको भावनामा डुबाएको थियो। निर्देशक सन्तोष सेन स्वयं आदिवासी पात्रको रूपमा देखिएका दृश्यले टिजरलाई थप रोचक बनाएको थियो ।

‘आसुसेन फिल्मस प्रा.लि.’को ब्यानरमा बनेको चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतको अभिनय छ । निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् ।


वीरगञ्ज चिनी मिल २७ वर्षपछि पुनः सञ्चालन तयारी तीव्र

वीरगञ्ज चिनी मिल २७ वर्षपछि पुनः सञ्चालन...

वि.सं.२०८३ भदौ ९ मंगलवार १८:१८

काठमाडौँ । सरकारले बन्द अवस्थामा रहेका उद्योगहरूलाई पुनर्जीवन दिने अभियानअन्तर्गत हेटौँडा...

सङ्गठनको अडिट गर्न हरि ढकालको नेतृत्वमा समिति गठन

सङ्गठनको अडिट गर्न हरि ढकालको नेतृत्वमा समिति...

वि.सं.२०८३ भदौ ५ शुक्रवार १७:३६

काठमाडौँ। रास्वपाले मधेसमा जिल्ला र प्रदेश अधिवेशन गर्नु पूर्व सङ्गठनको...

जापानको फुकुओका नदीमा नेपाली युवती मृत फेला

जापानको फुकुओका नदीमा नेपाली युवती मृत फेला

वि.सं.२०८३ भदौ ५ शुक्रवार १७:३३

जापान । जापानको फुकुओका सहरमा नेपाली युवती मृत अवस्थामा फेला...

देउवा र खड्काको रिट दर्ता भएन

देउवा र खड्काको रिट दर्ता भएन

वि.सं.२०८३ भदौ ५ शुक्रवार १७:३०

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

नेपाली फिल्म क्षेत्रमा रौनक : फ्लोरमा आधा दर्जनबढी, घोषणा थुप्रै

नेपाली फिल्म क्षेत्रमा रौनक : फ्लोरमा आधा...

वि.सं.२०८३ भदौ ४ बिहीवार १९:००

काठमाडौँ । नेपाली चलचित्र क्षेत्र यतिबेला निकै चलायमान देखिएको छ...

गृहमन्त्री गुरुङले किन दिए हाइड्रो सञ्चालकलाई अल्टिमेटम?

गृहमन्त्री गुरुङले किन दिए हाइड्रो सञ्चालकलाई अल्टिमेटम?

वि.सं.२०८३ भदौ ४ बिहीवार १७:५७

काठमाडौँ । बुधबार ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयले गोरखा जिल्लामा...