View Point Long Banner Ad

जापानको फुकुओका नदीमा नेपाली युवती मृत फेला

जापान । जापानको फुकुओका सहरमा नेपाली युवती मृत अवस्थामा फेला परेपछि प्रहरीले हत्या भएको आशङ्कामा अनुसन्धान अघि बढाएको छ । मृतकको टाउको र शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि फुकुओका प्रहरीले घटनालाई हत्या प्रकरणका रूपमा अनुसन्धान गरिरहेको हो।

प्रहरीका अनुसार मृतक लक्ष्मी  राजवंशी   २५ वर्षीया नेपाली नागरिक हुन् । उनी फुकुओकाको चुओ वार्डमा बस्दै आएकी थिइन् र व्यावसायिक विद्यालयमा अध्ययनरत रहेको बताइएको छ।

अगस्ट १९ को बिहान करिब ५ः४५ बजे फुकुओकाको तेन्जिन क्षेत्र हुँदै बग्ने नाका नदीमा एक महिलाको शव पानीमा घोप्टो परेको अवस्थामा तैरिरहेको एक पैदलयात्रीले देखेका थिए। खबर पाएपछि प्रहरी र अग्निनियन्त्रक टोली घटनास्थल पुगेका थिए। उनीहरूले शवलाई नदीबाट बाहिर निकाले पनि महिलालाई घटनास्थलमै मृत घोषित गरिएको थियो।

लक्ष्मीले टी–सर्ट र छोटो पाइन्ट लगाएकी थिइन् । तर उनको खुट्टामा जुत्ता थिएन र साथमा कुनै व्यक्तिगत सामानसमेत भेटिएको थिएन।

सुरुमा प्रहरीले उनको निधारमा चोट देखिएपछि दुर्घटना वा अन्य कारणले मृत्यु भएको हुन सक्ने कोणबाट अनुसन्धान थालेको थियो। तर पोस्टमार्टमका क्रममा टाउको र अनुहारमा कुनै कडा वस्तुले प्रहार गरेको जस्तो देखिने धेरै चोट तथा काटिएका घाउहरू भेटिए। शरीर र हातमा समेत चोटपटक देखिएपछि प्रहरीले हत्या भएको निष्कर्षमा पुग्दै अनुसन्धान टोली गठन गरेको हो।

यद्यपि, पोस्टमार्टमबाट उनको मृत्युको निश्चित कारण भने तत्काल निर्धारण हुन सकेको छैन।

घरमा रगतको दाग

प्रहरी अनुसन्धानका क्रममा लक्ष्मी बस्दै आएको अपार्टमेन्टमा रगतका दाग भेटिएका छन् । साथै, त्यहाँ कसैसँग संघर्ष भएको हुन सक्ने संकेतसमेत फेला परेको प्रहरीले जनाएको छ। यसका आधारमा प्रहरीले लक्ष्मीमाथि उनको निवासमै आक्रमण भएको हुन सक्ने सम्भावनालाई समेत अनुसन्धानको दायरामा राखेको छ।

प्रहरीका अनुसार लक्ष्मी अगस्ट १८ को राति करिब १०ः३० बजे आफ्नो पार्ट टाइम कामबाट फर्किएको अवस्थामा एक सहकर्मीले अन्तिम पटक देखेका थिए। त्यसपछि उनको अवस्थाबारे कुनै जानकारी थिएन।

अगस्ट १९ को बिहान करिब ३ः१५ बजे एक महिला परिचितले लक्ष्मी घरमा नभएको भन्दै प्रहरीलाई खबर गरेकी थिइन्। त्यसको केही घण्टापछि उनको शव नाका नदीमा फेला परेको थियो।

प्रहरीले उनी पार्ट टाइम कामबाट फर्किएपछि कहाँ गइन्, नदीसम्म कसरी पुगिन् र उनको मृत्युमा को संलग्न हुन सक्छ भन्ने विषयमा अनुसन्धान गरिरहेको छ।

सन् २०२३ मा जापान पुगेकी थिइन्

लक्ष्मी सन् २०२३ को मे महिनामा विद्यार्थी भिसामा जापान पुगेकी थिइन्। उनी फुकुओकाको एक व्यावसायिक विद्यालयमा अध्ययन गर्दै पार्ट टाइम काम गर्दै आएकी थिइन्। लक्ष्मीले अध्ययन गरेको भनिएको व्यावसायिक विद्यालयका एक प्रतिनिधिले घटनाबारे टिप्पणी गर्न अस्वीकार गरेका छन्।

प्रहरीले उनको मृत्युको वास्तविक कारण र घटनामा संलग्न व्यक्तिको पहिचान गर्न नदी आसपासको क्षेत्र, उनको निवास तथा घटनाअघिका गतिविधिबारे थप अनुसन्धान गरिरहेको छ।


मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:०६

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:०४

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत...

सहयोगको रसिद सामाजिक सञ्जालमा हाल्नु  प्रेरणा हो :  अभिनेत्री शर्मा

सहयोगको रसिद सामाजिक सञ्जालमा हाल्नु प्रेरणा हो...

वि.सं.२०८३ भदौ १४ आइतवार ११:२९

काठमाडौँ । अभिनेत्री ऋचा शर्माले विपद्को समयमा गरिएको सहयोगको विवरण...