View Point Long Banner Ad

के तपाईँको कपाल झर्ने समस्या छ ? किन झर्छ कपाल ? थाहा पाउनुहोस् यसको कारण

कपाल झर्नु र टुक्रनुलाई सामान्य समस्याको रुपमा लिइन्छ । महिला र पुरुषमा कपाल झर्ने समस्या फरक तरिकाले देखिन्छ । कपाल झर्ने सबैभन्दा आमअवस्था भनेको एन्ड्रोजेनेटिक एलोपेसिया हो । महिला र पुरुषको कपाल झर्ने प्यार्टन मिल्छ । सामान्यतयाः ५० भन्दा बढी उमेरका पुरुष र ६५ वर्षभन्दा बढी उमेरका महिलाहरूमा यो समस्या धेरै देखिने गर्छ । यद्यपि, विशेषज्ञले यसको पछाडिको कारण उमेर मात्र नभइ खानेकुराको सेवन पनि हो । यसको कारण युवाहरूमा कपाल झर्ने प्यार्टन बदलिन्छ ।

के भन्छन् विशेषज्ञ ?
युकेका प्रसिद्ध ट्राइकोलोजिस्ट केभिन मुरले खानामा अत्यधिक मात्रामा नुन हालेर खाँदा कपाललाई असर पर्छ । यसको कारण कपाल झर्छ । ब्रिटिश जिक्यूलाई अन्तरवार्ता दिँदै मुरले भने, ‘धेरै मात्रामा नुनको सेवनले शरीरमा सोडियम बन्छ । जुन कपालको जराको वरिपरी जम्मा हुन थाल्छ । जसले कपालमा फोलिकलमा रक्तसञ्चारमा असर पार्ने काम गर्छ । यसको कारण महत्त्वपूर्ण पोषक तत्व कपालको जरासम्म पुग्न पाउँदैन ।’

मुरले अगाडि भने, ‘सोडियमको मात्रा धेरै हुँदा कपाललाई रुखो बनाइदिन्छ । र कमजोर पनि बनाइदिन्छ । जसले गर्दा कपाल झर्न थाल्छ । यसैगरी, सोडियमको मात्रा कम भए पनि कपालको विकास हुँदैन । थोरै मात्र नुनको सेवन गर्दा आयोडिनको कमि हुन्छ । जुन थाइराइड क्रियाका लागि आवश्यक चिज हो । यदि थाइराइड असन्तुलन भयो भने कपाललाई प्रभाव पार्छ र यसले कपाललाई रुखो र पातलो बनाउँछ ।

धेरै नुन खतरनाक
तन्त्रिका र मांसपेशिहरुले सही ढंगले काम गर्नका लागि नुनको आवश्यकता पर्छ । तर, यसको अत्यधिक सेवनले रक्तसञ्चार बढ्ने समस्या देखिन्छ । र हृदयघात र स्ट्रोकको पनि समस्या आउँछ । एनएच्एस्का अनुसार वयस्क व्यक्तिले एक दिनमा ६ ग्रामभन्दा बढी नुनको सेवन गर्न हुँदैन । यो लगभग एक चम्चा हो । जसमा २।४ ग्राम सोडियम हुन्छ । खाना बनाउने समयमा यसलाई ध्यानमा राख्न आवश्यक छ । यसैगरी कुनै–कुनै खानेकुरामा सोडियमको मात्रा अत्यधिक हुन्छ । जस्तै, टमाटर सस, प्याकिङ गरिएको खानेकुरा, ब्रेड, रेडि टु इट फुड, पिज्जा, स्यान्डविच, सुप जस्ता खानेकुरामा नुनको मात्रा बढी हुने भएकाले ध्यान दिन आवश्यक छ ।

विशेषज्ञका अनुसार कपाललाई मजबुत बनाउनका लागि डाइटमा भिटामिन र मिनरल्सको आवश्यकता पर्छ । आइरन र भिटामिन बी५ ले कपाललाई पातलो हुनबाट बचाउँछ । र, कपालको जरा पनि सुरक्षित राख्छ । कपालको चमक कायम राख्न र बलियो बनाउन प्रोटिनको आवश्यकता पर्छ । यसका साथै, वातावरणको कारण पनि कपालको गुणस्तरमा ह्रास आउँछ । कसैको कपाल झर्ने समस्या बंशानुगत पनि हुनसक्छ ।


सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

खुट्टामा देखिन्छ खराब रक्तसञ्चारका लक्षण, यसबाट कसरी बच्ने ?

खुट्टामा देखिन्छ खराब रक्तसञ्चारका लक्षण, यसबाट कसरी...

वि.सं.२०८२ असोज २८ मंगलवार १४:१६

काठमाडौँ । हाम्रो शरीर एउटा मेसिनजस्तै हो, जसको कार्य सञ्चालनका...

बारम्बार तताएको तेलले निम्त्याउन सक्छ क्यान्सर

बारम्बार तताएको तेलले निम्त्याउन सक्छ क्यान्सर

वि.सं.२०८२ असोज २५ शनिवार १६:२०

काठमाडौँ । तपाईंलाई थाहा छ? भान्सामा हुने एउटा सानो गल्तीले...

स्तन क्यान्सर पहिचान गर्ने ६ लक्षण

स्तन क्यान्सर पहिचान गर्ने ६ लक्षण

वि.सं.२०८२ असोज २२ बुधवार १३:४८

काठमाडौँ । महिलाहरूमा हुने क्यान्सरहरूमध्ये स्तन क्यान्सर सबैभन्दा सामान्य हो,...

चिकित्सकलाई मेडिकल कलेज सञ्चालकको धम्की ः आन्दोलन नरोकेसम्म भत्ता दिँदैनौं

चिकित्सकलाई मेडिकल कलेज सञ्चालकको धम्की ः आन्दोलन...

वि.सं.२०८२ वैशाख १६ मंगलवार १६:०७

  १६ वैशाख, काठमाडौं । चिकित्साशास्त्र स्नातकोत्तर तह (पीजी) अध्ययनरत...

पानीमा राजनीति छ, हामी अन्त्य गर्छौं ः प्रदीप यादव

पानीमा राजनीति छ, हामी अन्त्य गर्छौं ः...

वि.सं.२०८१ चैत ८ शुक्रवार १४:००

  ८ चैत, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यदावले पानीको मुहानमा...