मित्रपार्कमा आगलागी
काठमाडौं महानगरपालिका–७ मित्रपार्कमा बुधबार बिहान आगलगी भएको छ । ४५ वर्षीय गौरी शंकर दासको टहरामा विद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा टहरामा चाबहिल बस्ने काभ्रे घर भएका माईला तामाङको माईला खाजा पसल र चाबहिल बस्ने दोलखा घर भएका श्याम बस्नेतको दोलखा खाजा घर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीमा करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
उता इलामको सूर्योदय नगरपालिका(१ माने बस्ने कुमार तामाङको घरमा करेन्ट सर्ट भई मंगलबार साँझ आगलागी हुँदा नजिकै जोडिएको निमा तामाङको घरमा समेत फैलिएर दुबैजनाको गरी करिब ८० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरी, सशस्त्र प्रहरी बल, दमकल र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
वि.सं.२०७८ फागुन १८ बुधवार १३:१४
















