View Point Long Banner Ad

बसिरको सानदार ब्याटिङले जिताउन सकेन नेपाललाई, कुवेतसँग ३ रनले पराजित

 

३१ चैत, काठमाडौं । बसिर अहमदले करियरकै सानदार ब्याटिङ गर्दै ८० रन बनाएपछि खेल फिनिसिङ गर्न नसक्दा नेपाल नेपाल हङकङ टी२०आई सिरिजमा उपविजेतामा सीमित भएको छ ।

हङकङ मोङ कोकस्थित मिसन रोड ग्राउण्डमा आइतबार भएको फाइनलमा नेपाल कुवेतसँग ३ रनको झिनो अन्तरले पराजित भएको हो ।

 

कुवतेले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल ३ बल अगावै १७१ रनमा अलआउट भयो । नेपालले लिग चरणमा कुवेत विरुद्ध टी२०आई कै ठूलो लक्ष्य पछ्याएर जित हात पारेको थियो । तर फाइनलमा भने कुवेतले नेपाल विरुद्ध बदला लियो ।

अन्तिम ओभरमा नेपाललाई जितका लागि ११ रन आवश्यक थियो । कुवेतका अनुदिन चिन्थामारा बलिङ रग्न आएका थिए । पहिलो बलमै उनले नो बल फाले जसमा बसिरले छक्का हानेका थिए ।

 

त्यसपछि नेपाललाई ६ बलमा ४ रन आवश्यक थियो । तर उनले लगातार दुई बल डट खेलेपछि तेस्रो बलमा आफैँ क्याच भएपछि नेपाललाई जिताउने अवसर गुमाए ।

बसिरले ४३ बल खेल्दै ८ चौका र ४ छक्का मदतमा ८० रन बनाए । यस्तै नन्दनले १४ बलमा २ चौका र ४ छक्का मदतमा ३७ रन योगदान गरे । ओपनर बसिफ शेखले २१ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

ब्याटिङमा अराब सुरुवात गरेको ९२ रनमै ८ विकेट गुमाइसकेको थियो । तर बसिर र नन्दन यादवले नवौँ विकेटका लागि कीर्तिमानी ७२ रनको साझेदारी गर्दै नेपालको आशा कायम राखेका थिए । टी२०आईमा नवौँ विकेटका लागि नेपालको यो अहिेसम्मकै उच्च साझेदारी हो भने पाँचौ उच्च साझेदारी हो । बेल्जियमका साबेर जाखिल र सक्लाइन अलीले सन् २०२१ मा अष्ट्रिया विरुद्ध नवौँ विकेटका लागि अविजित १३२ रनको साझेदारी गरेका थिए ।

नेपालका ब्याटरहरुको लज्जादपद प्रदर्शनलाई छोप्दै बसिरले आक्रमक इनिङ्स खेलेका थिए । उनलाई नन्दन यादवले पनि गतिलो साथ दिँदा नेपालले अप्रत्यासित जित निकाल्ने सम्भावना बढेको थियो । तर नेपालले त्यसलाई सदुपयोग गर्न सकेन ।

अन्तिममा फिनिसिङमा चुक्दा नेपालले उपाधि जित्ने राम्रो अवसर गुमायो ।

कुवेतले ब्याटिङ र बलिङ दुवैमा सानदार सुरुवात गरेको थियो । नेपालले बलिङमा उत्कृष्ट पुनरागमन गरेपनि कुवेतले राम्रो लक्ष्य दिन सफल भएको थियो ।

ब्याटिङमा खराब सुरुवात गरेको नेपालले पछि पुनरागमन पनि गरेको थियो तर पिनसिङमा चुक्यो ।

नेपाललाई जितबाट रोक्न कुवेतका लागि बलिङमा कुवेतका लागि अनुदिपले सर्वाधिक ३ विकेट लिए । यस्तै यासिन पटेल र नभिनराज राजेन्द्रनले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेठ गुमाएर १७४ रन बनाएको थियो ।

कुवेतले ब्याटिङमा सानदार सुरुवात गरेपनि नेपाली बलरहरुले उत्कृष्ट कमब्याक गरेपछि स्कोरमा रोकियो । पावर प्लेमै ७१र१ रन बनाएको कुवेतले ९ ओभरमा १००र२ रन बनाएको थियो ।

नेपालले टी२०आईमा पावर प्लेमा खर्चेको यो धेरै रन हो । यसअघि १९औं एसियन गेम्समा भारतले नेपाल विरुद्ध पावर प्लेमा ६३ रन जोडेको थियो ।

कुवेतको आक्रमक सुरुवात गर्दै २०० रनमाथि स्कोर गर्ने संकेत गरेको थियो । तर नेपाली बलहरुले पुनरागमन गरेपछि कुवेतले अन्तिम ११ ओभरमा ७४ रन मात्र बनाउन सक्यो ।

कुवेतका लागि ओपनर राजिभा सान्दारुवानले ३६ बल खेल्दै ६ चौका र ४ छक्का मदतमा सर्वाधिक ६३ रन बनाए । यस्तै अर्का ओपनर क्लिन्टो अन्टोले १४ बलमा २६ र उस्मान पटेलले १५ बलमा २३ रन जोडे । मिट भवसारले ८ बलमा १६ रन बनाए ।

नेपालका लागि बलिङमा सोमपाल कामीले ४ ओभरमा २६ रन खर्चेर तथा नन्दन यावदले ४ ओभरमा ३४ रन खर्चेर समान २ विकेट लिए । करण केसी र कुशल भुर्तेलले समान १ विकेट लिए ।

 


बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव फेला, अझै केही शव पुरिएको आशंका

बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव...

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२५

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले...

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२०

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा...

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको आलोचना

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको...

वि.सं.२०८३ भदौ १६ मंगलवार १८:४३

काठमाडौँ। संसद्‌मा रहेका प्रमुख विपक्षी दलहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रका...

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...