यूएईले दियो नेपाललाई १७६ रनको चुनौती
टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा छनोट हुनका लागि नेपालले १७६ रनको लक्ष्य पाएको छ ।
ओमानमा जारी ग्लोबल छनोटको सेमीफाइनल खेलमा यूएईले नेपालसामु १७६ रनको चुनौती पेश गरेको हो ।
सम्मानजनक स्कोर खडा गर्ने क्रममा युएईका मोहमद वासीमले ७० र व्रित्या अरविन्दले ४६ रनको आक्रामक पारी खेले ।
नेपालका जितेन्द्र मुखिया र अविनाश बोहराले ३/३ तथा कप्तान सन्दीप लामिछानेले १ विकेट लिए ।
वि.सं.२०७८ फागुन १० मंगलवार १७:१८















