View Point Long Banner Ad

ललितको घातक बलिङमा एपीएफ ९४ रनमै अलआउट

१ चैत, काठमाडौं । नेपाल पुलिस क्लबका स्पीनर ललित राजवंशीले घातक बलिङ गर्दै ६ विकेट लिएपछि पीएम कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेटमा एपीएफ ९४ रनमै अलआउट भएको छ ।

दाङको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफ ललितको स्पीन सामु धेरै टिक्न सकेन । एपीएफ २७.४ ओभरमै ९४ रनमा अलआउट भएको हो ।

 

जारी प्रधानमन्त्री कपमा पहिलो विभागीय डर्बी भिडन्त प्रतिस्पर्धात्मक हुने अनुमान रहेपनि पुलिसले बलिङमा सानदार प्रदर्शन गर्दै एपीएफलाई दबाबमा राखेको हो । राष्ट्रिय टिमका कप्तान रोहित पौडेल सहित विकेटकिपर आसिफ शेख, लोकेश बम, सन्दिप जोरा, सुमित महर्जन जस्ता खेलाडी ब्याटिङमा रहेपनि सोचे अनुसार प्रदर्शन हुन सकेन ।

एपीएफलाई अलआउट गर्न ललितले ७।४ ओभर बलिङ गर्दा ३ ओभर मेडन राख्दै १८ रन मात्र खर्चेर ६ विकेट लिएका हुन् । सागर ढकाल,करण केसी, गुल्सन झा र कुशल भुर्तेलले १–१ विकेट लिए ।

 

 

एपीएफका लागि चार खेलाडीले मात्र दोहोरो अंक जोड्दा सन्दिप जोराले सर्वाधिक २६ र ओपनर लोकेश बमले २२ रन जोडे । आसिफ शेख र अमर सिंह राउटेलाले समान १० रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...