View Point Long Banner Ad

भारतबाट सेतो अन्डा तस्करी, नेपाली अन्डाको मूल्य घट्यो

९ फागुन, काठमाडौं । भारतीय अन्डा अवैध रूपमा आयात भएपछि नेपाली कुखुरा किसानले अन्डाको मूल्य घटाएका छन् । नेपाल लेयर्स कुखुरा पालक संघको बिहीबार बसेको बैठकले अन्डाको भाउ घटाउने निर्णय गरेको हो ।

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार नेपाली बजारमा विशेष गरी सीमा जोडिएका बजारमा नेपाली अन्डा बिक्री हुन छाडेपछि किसानले भाउ घटाउन परेको हो ।

 

‘अहिले बजारमा ३० प्रतिशत अन्डा भारतबाट तस्करी भएर आएको छ । हामीले लागत मूल्यमा बेच्दा पनि बजार पाउने स्थिति छैन । खुल्ला सिमाना र अनुगमन फितलो हुँदा नेपाली किसानहरू मारमा परेका छन्,’ अध्यक्ष पोखरेलले अनलाइनखबरसँग अन्डाको मूल्य घटाउनुको कारणबारे भन्दै गुनासो गरे ।

संघका अनुसार यसअघि २१ माघमा ठूलो अन्डा मूल्य प्रतिक्रेट ४ सय रुपैयाँ थियो भने आजबाट ३७० रुपैयाँ प्रतिक्रेट पर्ने छ । यस्तै, ३८५ रुपैयाँ प्रतिक्रेट रहेको मिडियम अन्डाको मूल्य अब ३५० रुपैयाँ प्रतिक्रेट पर्ने भएको छ ।

दुई दिनअघि सुनसरीको कोशी गाउँपालिकामा बर्ड फ्लू पुष्टि भए पनि नियन्त्रणमा आइसकेकोले त्यसको असर नपरेको उनले बताए ।

 


बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव फेला, अझै केही शव पुरिएको आशंका

बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव...

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२५

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले...

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२०

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा...

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको आलोचना

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको...

वि.सं.२०८३ भदौ १६ मंगलवार १८:४३

काठमाडौँ। संसद्‌मा रहेका प्रमुख विपक्षी दलहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रका...

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...