View Point Long Banner Ad

कालीमाटी सडकमा एकाबिहानै पुरुषको शव भेटिएपछि

 

९ फागुन, काठमाडौं । कालीमाटीस्थित सडकमा एक पुरुषको शव फेला परेको सूचना प्रहरीमाझ शुक्रबार बिहानै फैलियो ।

लगत्तै घटनास्थल पुगेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा क्षतविक्षत अवस्थामा शव सडकमा फेला परेको थियो । तर, वरिपरि सवारीसाधन केही थिएन ।

 

सवारीसाधनले ठक्कर दिएर भागेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सो क्रममा सीसीटीभी फुटेजमा एक रोलरले ती व्यक्तिलाई किच्दै अघि बढेको देखिएको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलको टोलीले अनुसन्धान अघि बढाउने क्रममा मृत व्यक्ति ५५ वर्षीय सोनु गुरुङ रहेको पत्ता लगायो । थप अनुसन्धानको क्रममा सोनुलाई किचेर फरार भएका चालकलाई समेत पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए ।

पक्राउ परेका उमेश स्याङ्तान ।
पक्राउ पर्नेमा मकवानपुर घर भई नागार्जुन नगरपालिका–१० स्युचारटार बस्ने उमेश स्याङ्तान छन् । पक्राउ परेका स्याङ्तानसँग सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० समेत नरहेको पाइएको एसपी आचार्यले बताए ।

उनीमाथि थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त कालीमाटी पठाइने प्रहरीले जनाएको छ ।

 

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...