View Point Long Banner Ad

आफैँले चलाएको बन्दुकको गोली लागेर उदयपुरमा एक जनाको मृत्यु

गाईघाट । आफैँले चलाएको भरुवा बन्दुकको गोली लागेर उदयपुरमा शुक्रबार राति एक जनाको मृत्यु भएको छ ।

जिल्लाको लिमचुङबुङ गाउँपालिका वडा नं ५ जाँतेका ६० वर्षीय विद्याराज राईको शुक्रबार राति आफैँले चलाएको बन्दुकको गोली लागी मृत्यु भएको प्रहरीले जनाएको छ ।


राईले आफैँले बन्दुक पड्काएर आत्महत्या गरेको सोही वडा अध्यक्ष केशरकुमार खड्काले बताउनुभयो ।

राति करिब ८ बजेको समयमा बन्दुक पड्केको आवाज सुनेर भेला भएका स्थानीयहरूले घरको आँगनमै उहाँलाई बन्दूकको गोली लागेर मृत अवस्थामा फेला पारेको वडा अध्यक्ष खड्काले बताउनुभयो ।


घरमा कोही नभएको समयमा बन्दुक पड्केको स्थानीयले बताएकाले राईले आत्महत्या गरेको हुनसक्ने भन्दै घट्नाबारे जानकारी पाएलगत्तै आफूले प्रहरीलाई खबर गरेको उहाँले बताउनुभयो ।


जिल्ला प्रहरी कार्यालय उदयपुरले बन्दुक पड्काएर आत्महत्या गरेको भन्ने खबर पाएको पुष्टि गर्दै प्रहरी टोली घटनास्थलतर्फ पठाएको जनाएको छ ।

प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीम दाहालले जिल्ला र इलाका प्रहरी कार्यालय बाराहाबाट छुट्टाछुट्टै टोली त्यसतर्फ पठाएर अनुसन्धान सुरु गरेको बताउनुभयो ।

प्रहरीको दुवै टोली शनिबार बिहान घटनास्थल पुगेर मुचुल्का तयार पार्ने काम सुरु गरेको छ ।


बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव फेला, अझै केही शव पुरिएको आशंका

बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव...

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२५

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले...

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२०

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा...

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको आलोचना

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको...

वि.सं.२०८३ भदौ १६ मंगलवार १८:४३

काठमाडौँ। संसद्‌मा रहेका प्रमुख विपक्षी दलहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रका...

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...