View Point Long Banner Ad

लिक्विफाइड न्याचुरल ग्यास आयातको अनुमति, तर छैन मापदण्ड

 

काठमाडौँ । सरकारले भारतबाट लिक्विफाइड न्याचुरल ग्यास (एलएनजी) ल्याउन निजी कम्पनीलाई अनुमति दिएको छ । गएको शुक्रबार उद्योग विभागले योग्य होल्डिङ् प्राइभेट लिमिटेड उद्योगलाई ग्यास आयात गर्ने अनुमति दिएको थियो ।

नेपालमा पहिलोपटक निजी क्षेत्रले ग्यास आयात गर्न अनुमति पाएको हो । योग्य होल्डिङले छिट्टै आयात गर्न सक्ने बताए पनि कानुनी प्रक्रियाको अभावमा समस्या हुने एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरे बताउँछन् । यो ग्यास आयातका लागि पनि एलपी ग्यासमा जस्तै नियमावली, मापदण्ड आवश्यक पर्ने घिमिरेले बताए । हालसम्म यसको मापदण्ड नभएकाले आयात गर्न लामो समय लाग्न सक्ने उनको भनाइ छ ।

‘आयात गर्ने अनुमति पायौँ भनेर खुसी भइहाल्ने अवस्था छैन । अझै नेपाल सरकारका केही निकायसँग गर्नुपर्ने कानुनी प्रक्रियाहरू पूरा हुन बाँकी छन् । मापदण्ड नभएकाले आयतमा लामो समय लाग्न सक्छ,’ उनले भने ।

नेपाल आयल निगमले आयात गर्ने अनुमति सहितको कम्पनी दर्ता गर्न आग्रह गरेपछि निजी उद्योग दर्ता गरेको उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले बताए ।

निगमकै समन्वयमा उद्योगलाई ग्यास आयात गर्न अनुमति दिइएकाले निगमले नै सो ग्यास आयात बिक्री लगायतमा नियमन गर्ने ज्ञवालीको भनाइ छ ।

यो ग्यास पनि एलपी ग्यासजसै गरी आयात गर्ने हो । उही ट्याङ्करमा आयात गर्ने हो । सिलिन्डरमा भरेर बिक्री गर्ने हो । त्यही भएर नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले ग्यास आयात गर्न मापदण्ड बनाउन निगम तयार रहेको बताए ।
‘निगमले अनुमति दिएपछि आयातको उद्देश्य राखिएको उद्योग दर्ता गरिदिएका हौँ । अब ग्यास आयात गर्न कुनै नीतिनियम आवश्यक पर्छ जस्तो लाग्दैन । पर्छ भने निगमले नै नियमन गर्छ,’ महानिर्देशक ज्ञवालीले भने ।

यो ग्यास पनि एलपी ग्यासजसै गरी आयात गर्ने हो । उही ट्याङ्करमा आयात गर्ने हो । सिलिन्डरमा भरेर बिक्री गर्ने हो । त्यही भएर नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले ग्यास आयात गर्न मापदण्ड बनाउन निगम तयार रहेको बताए ।

‘अहिलेलाई मापदण्ड बनाइसकेको छैन । आयात नै गर्ने भएपछि मापदण्ड आवश्यक पर्छ । सुरक्षाको विषय हुन्छ, मापदण्ड आवश्यक छ । सरकारले बनाउन भनेपछि हामी बनाइदिन्छौँ,’ भट्टले भने, ‘गुणस्तर र सुरक्षाको विषयमा गुणस्तर विभागले हेर्छ । एलपी ग्यासको जस्तो नियमावली बनाउने हो भने हामी बनाउँछौँ ।’

भारतीय निगमले प्राविधिक सहयोग गर्ने

अध्यक्ष घिमिरेका अनुसार लिक्विफाइड न्याचुरल ग्यास आयात गर्न योग्य होल्डिङ्स्ले ४ वर्षदेखि पहल गरिरहेको थियो । नेपाल आयल निगमले तत्काल आयात गर्न अनुमति दिइरहेको थिएन । इण्डियन आयल कर्पोरेसन ९भारतीय आयल निगम० ले भने २०८१ वैशाखमै अनुमति दिइसकेको थियो ।

शुवमु घिमिरे र सौरभ भण्डारीले संयुक्त रूपमा सञ्चालन गर्न लागेको योग्य होल्डिङ्स उद्योगमा करिब एक अर्ब लगानी रहेको छ । सो उद्योग बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ मा रहने छ । हाल उद्योग निर्माणमा आवश्यक मेसिनरी खरीद प्रक्रिया थालिसकेको घिमिरेले बताएका छन् ।
‘नेपालबाट अनुमति पाउन ढिला भयो भारतीय आयल निगम कर्पोरेसनबाट २०८१ वैशाखमा अनुमति पाइसकेको हो,’ घिमिरेले भने, भारतीय आयल निगम कर्पोरेसनले आयातमा प्राविधिक सहयोग गर्ने सम्झौता गरेको छ ।’

शुवमु घिमिरे र सौरभ भण्डारीले संयुक्त रूपमा सञ्चालन गर्न लागेको योग्य होल्डिङ्स उद्योगमा करिब एक अर्ब लगानी रहेको छ । सो उद्योग बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ मा रहने छ । हाल उद्योग निर्माणमा आवश्यक मेसिनरी खरीद प्रक्रिया थालिसकेको घिमिरेले बताएका छन् ।

उद्योगले आफ्नो निजी जग्गामा प्लान्ट निर्माण गर्न लागेको छ । पहिलो चरणमा प्लान्ट निर्माणमा आवश्यक मेसिनरी सामग्री आयातका लागि प्रक्रिया सुरु गरिसकेको छ,’ घिमिरेले भने ।

घिमिरेका अनुसार सो प्लान्ट मार्फत लिक्विफाइड न्याचुरल ग्यास ९एलएनजी० लाई कम्प्रेस्ड न्याचुरल ग्यास ९सीएनजी० मा कन्भर्ट गरिन्छ । यसपछि सिलिन्डरमा भरेर उद्योगहरुलाई विक्री वितरण गरिने छ ।

‘खास गरी अहिले औद्योगिक प्रयोजनका लागि टार्गेट हो । जुन कार्बन फ्याँक्ने उद्योगहरू छन् ती उद्योगका लागि संसारका सबै देशमा प्राकृतिक ग्यास प्रयोग गर्न थालिसकेका छन्,’ घिमिरे भन्छन्, ‘एलपी ग्यास क्षेत्रमा काम गरिरहेको हुँदा नेपालमा यस्तो ग्यास ल्याउन अनुमति लिइएको हो ।’

लिक्विफाइड न्याचुरल ग्यासमा के छ फाइदा

जानकारहरूका अनुसार लिक्विफाइड ग्यास नेपालजस्तो देशका लागि धेरै फाइदाजनक छ । पछिल्लो समय विश्वमा जलवायु परिवर्तनको असर बढ्दो छ । नेपालमा पनि यसको असर बढ्न थालेको छ । त्यसलाई न्यूनीकरण गर्नका लागि यो ग्यास निकै उपयोगी हुनसक्छ ।

यो ग्यास विश्वमा सबैभन्दा सस्तो र वातावरणमा नकारात्मक प्रभाव नपार्ने ग्यासको रूपमा चिनिएको छ । जसको प्रयोग औद्योगिक प्रयोजनमा धेरै भएको पाइन्छ ।
‘उद्योगहरू चल्नु पर्‍यो तर वातावरण पनि प्रदूषित हुनु भएन । जसका लागि प्राविधिक हिसाबले उपयोगी प्राकृतिक ग्यास देखिएकाले हामीले आयात गर्न लागेका हौँ,’ घिमिरेले भने, ‘यसले दाउरा भुस डिजेलको प्रयोगबाट चलाइएका उद्योगलाई रिप्लेस गर्छ ।’

यो ग्यास विश्वमा सबैभन्दा सस्तो र वातावरणमा नकारात्मक प्रभाव नपार्ने ग्यासको रूपमा चिनिएको छ । जसको प्रयोग औद्योगिक प्रयोजनमा धेरै भएको पाइन्छ ।

एलपी ग्यास खाना पकाउन प्रयोग गरिन्छ । त्यसको खपत घटाउन तत्काललाई यसले मद्दत गर्दैन । तर भविष्यमा खाना पकाउन पनि यो ग्यास प्रयोग गर्न सकिन्छ । ‘अलि जटिल भने होला यसको प्रयोगका लागि पाइप लाइन लगायत थुपै कुराहरू छन् । सवारी साधन यसबाट चलाउन सकिन्छ । पेट्रोलबाट पनि र प्राकृतिक ग्यासबाट पनि चल्ने बनाउन सकिन्छ,’ घिमिरेले भने ।

 

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...