View Point Long Banner Ad

बालाचतुर्दशीको अवसरमा जंगलासहिया पशुपतिमा तीनदिने मेला सुरु

 

काठमाडौं । बाला चतुर्दशीको अवसरमा रौतहटको गुजरा नगरपालिका– ३ जंगलसहिया स्थित पशुपति मन्दिरमा तीन दिने मेला सुरु भएको छ । पशुपति मन्दिर सञ्चालक समिति, स्थानीय जनप्रतिनिधि र गुजरा नगरपालिकाको पहलमा बाला चतुर्दशीको अवसरमा उक्त मन्दिरमा आजदेखि मेला सुरु भएको हो ।

जंगलासहियामा लामो समयदेखि हरेक वर्ष लाग्दै आइरहेको बाला चतुर्दशी मेला कोरोना महामारीको कारण केही वर्ष प्रभावित बनेको थियो । सहज अवस्था देखिएपछि गत वर्षदेखि भव्यताका साथ मेला लागि रहेको छ। जंगलसहिया पशुपति मन्दिरमा लाखबत्ती बाल्न आउन भक्ताजनहरुलाई मेला आयोजकद्वारा आग्रह गरिएको छ ।

भक्तजन तथा मेला भर्न आउनेहरूको मनोरञ्जनको लागि पशुपति मन्दिर परिसरमा सरसफाइ पश्चात् स्टेज निर्माण गरी आज देखि सांस्कृतिक कार्यक्रम हुन लागेको मेला समितिका अध्यक्ष टीका किशोर चौधरीले जानकारी दिए ।

मेलामा आउनेहरूको लागि खानेपानी, शौचालय, विद्युत् तथा सुरक्षाको समेत व्यवस्थापन गरिएको मेला आयोजकले जनाएको छ । यसै वर्ष दिवङ्गत अथवा निधन भएका पितृ तथा आफन्तको परिवारका मानिसहरू रौतहट, बारा, सर्लाही, पर्सा, सिन्धुली लगायत टाढा टाढाबाट जंगलसहिया पशुपति मन्दिरमा आएर लाखबत्ती बालेर सतबिज छर्ने गर्दछन् ।

जंगलसहिया स्थित उक्त पशुपति मन्दिरमा लाखबत्ती बालेर सतबिज छर्नाले दिवङ्गत आत्माले शान्ति पाउने जनविश्वास रहिआएको छ । उक्त मन्दिरमा दशकौँदेखि मेला लाग्ने तथा लाखबत्ती बालेर सतबिज छर्ने परम्परा रहेको वडा अध्यक्ष झमक प्रसाद चौलागाईंले बताएका छन्।

मेला भर्न आउने भक्तजन तथा व्यापारीहरूको सुरक्षार्थ स्वयंसेवकसँगै ठुलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरीले बताएका छन्। जंगलसहिया पशुपति मन्दिर बारा निजगढ बाट १८, चन्द्रनिगाहपुरबाट २५ र सदरमुकाम गौर बाट ३५ किलोमिटर टाढा पर्दछ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...