View Point Long Banner Ad

इजरायली हवाई आक्रमणमा लेबनानमा ४ सय ९२ जनाको मृत्यु

एजेन्सी । लेबनानमा इजरायली आक्रमणमा ज्यान गुमाउनेको संख्या ४ सय ९२ पुगेको छ।

यो आक्रमण २० वर्ष यताको सबैभन्दा ठूलो भएको बताइएको छ । इजरायली सेनाको आक्रमण भएको क्षेत्रहरूबाट हजारौं परिवार विस्थापित भएका छन् ।

सन् २००६ यता हिजबुल्लाहले बनाएको सबै संरचना ध्वस्त गर्ने योजनासहित आक्रमण गरिएको जनाएको छ। यसैबिच हिजबुल्लाहले पनि उत्तरी इजरायललाई लक्षित गर्दै दुई सय रकेट प्रहार गरेको छ। सो रकेट प्रहारमा दुई जना घाइते भएका छन्।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मर्नेमध्ये ३५ बालक तथा ५८ महिला भएको जनाएको छ। विश्व शक्तिहरूले इजरायल र हिजबुल्लाहलाई पूर्ण युद्धको सङ्घारबाट पछि हट्न आग्रह गरेका छन् । पछिल्ला दिनमा हिंसाको केन्द्र गाजासँगको इजरायलको दक्षिणी मोर्चाबाट लेबनानसँगको उत्तरी सीमातर्फ तीव्ररूपमा सरेको छ ।

लेबनानको सीमामा रहेको गाजामा करिब एक वर्षपछि युद्ध भएपछि अहिले लेबनानमै आक्रमण सुरु भएको छ। यस आक्रमणमा मर्ने सयौं मध्ये धेरै जना हिजबुल्लाहका कमान्डर छन्। हिजबुल्लाहले आफूहरूले हमासको सहयोगका लागि लडी रहको तथा युद्ध विराम नभएसम्म यो कायम रहने जनाएको छ।


पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८० भन्दा बढी घाइते

पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८०...

वि.सं.२०८२ असोज २९ बुधवार १३:४५

स्पिन बोल्दाक । अफगानिस्तान–पाकिस्तान सीमामा भएको  झडपमा कम्तीमा १५ जना...

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

वि.सं.२०८२ असोज २६ आइतवार १६:००

२६ असोज, काठमाडौं । बेलायतमा सञ्चालित ‘एक्सरसाइज क्यामब्रेन पेट्रोल २०२५’...

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको तालिवानको दाबी

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको...

वि.सं.२०८२ असोज २६ आइतवार १४:४३

काबुल । पाकिस्तान गरेको आक्रमणको बदला लिन गरिएको कारबाहीमा ५०...

हलिउड अभिनेत्री डायन किटनको निधन

हलिउड अभिनेत्री डायन किटनको निधन

वि.सं.२०८२ असोज २६ आइतवार १०:५८

लस एञ्जलस । प्रसिद्ध हलिउड अभिनेत्री डायन किटनको निधन भएको...

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको मृत्यु

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको...

वि.सं.२०८२ असोज २६ आइतवार १०:३५

२६ असोज, काठमाडौं। इजिप्टको प्रसिद्ध रिसोर्ट शहर शर्म अल-शेख नजिक...

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के भन्छन् ट्रम्पका छोरा ?

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के...

वि.सं.२०८२ असोज २४ शुक्रवार १४:१५

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कारको...