View Point Long Banner Ad

आगामी पाँच वर्षभित्र विद्यालय तहको सबै कक्षाको पाठ्यक्रम परिमार्जन गरिने

आगामी पाँच वर्षभित्र विद्यालय तहको सबै कक्षाको पाठ्यक्रम परिमार्जन गरिने भएको छ । पाठ्यक्रम विकास केन्द्रले आगामी नयाँ शैक्षिक सत्रमा क्रमशः लागू गर्ने गरी बालविकास तहदेखि कक्षा १२ सम्मको पाठ्यपुस्तक परिमार्जनको तयारी गरेको हो ।

०८५ सम्म विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू भइसक्नेछ । तर, केही विषय र कक्षामा ०८२ देखि नै नयाँ पाठ्यक्रम लागू हुनेछ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठका अनुसार पाठ्यक्रम परिवर्तनका लागि तीन चरणमा गृहकार्य गर्नुपर्ने हुन्छ । पहिलो वर्ष तयारी, अध्ययन र छलफल, दोस्रो वर्ष पाठ्यपुस्तक निर्माण र तेस्रो वर्ष पाठ्यक्रम लागू गरिन्छ । सरकारले विद्यालय तहको केही तहमा पाठ्यपुस्तक परिवर्तनका लागि यस वर्ष बजेटसमेत विनियोजन गरेको र त्यसमा गृहकार्य भइरहेको महानिर्देशक श्रेष्ठले जानकारी दिए ।

केन्द्रले ०८३ देखि लागू गर्ने गरी यस वर्ष कक्षा एकदेखि तीनसम्मका सबै विषय, ४–१२ को सामाजिक विषय, बालविकास तह र ६ देखि आठ कक्षासम्मका सबै विषय परिमार्जन गर्ने तयारी गरेको छ । ११ र १२ कक्षाको सामाजिक विषय पनि परिमार्जन गरिनेछ । ‘पाठ्यक्रम परिमार्जन अब आवश्यक भइसक्यो, यसलाई समयानुकूल बनाउनुपर्छ,’ महानिर्देशक श्रेष्ठले भने, ‘हामीले विभिन्न चरणमा विद्यालय तहका सबै पाठ्यक्रम परिवर्तन गर्छौँ, सबै तहमा परिवर्तन गरेर लागू गर्दा ०८५/८६ सम्म समय लाग्ने अनुमान छ ।’

हाल एसइईको नतिजा प्रकाशनको ढाँचा परिवर्तन भएकाले पनि कक्षा १०, ११ र १२ को पाठ्यक्रम परिवर्तन गर्न आवश्यक देखिएको श्रेष्ठले बताए । ०८१ मा बालविकास तह, कक्षा १–३ र ४–१२ को सामाजिक विषय र कक्षा ६ देखि ८ सम्मका सबै विषयको पाठ्यक्रम परिमार्जनको तयारी भइरहेको छ । यी तहमा ०८२ मा पाठ्यपुस्तक निर्माण गर्ने र ०८३ देखि लागू हुनेछ । कक्षा ४, ५, ९ र १० को पाठ्यक्रम परिवर्तनका लागि ०८३ देखि गृहकार्य सुरु हुनेछ भने ०८४ मा पाठ्यक्रम निर्माण भएर ०८५ देखि लागू हुनेछ । सरकारले यसअघि नै राष्ट्रिय पाठ्यक्रम प्रारूपअनुसार पाठ्यक्रम परिवर्तनका लागि केन्द्रलाई निर्देशन दिएको थियो । जसअनुसार हरेक वर्ष पाठ्यक्रम अपडेट, हरेक पाँच वर्षमा परिमार्जन र १० वर्षमा नयाँ पाठ्यक्रम लागू गर्नुपर्छ । केन्द्रले अबको पाँच वर्षभित्र सबै तहमा लागू हुने गरी नयाँ पाठ्यक्रम निर्माणको तयारी थालेको हो ।

शिक्षामन्त्री विद्या भट्टराईले विद्यालय तहको पाठ्यक्रम परिमार्जन गरिने बताइन् । ‘पाठ्यक्रम परिमार्जन गर्न असोज दोस्रो साता विज्ञहरूसँग छलफल गर्दै छु, त्यसपछि एउटा निष्कर्षमा पुग्नेछौँ । पाठ्यक्रम परिवर्तनका लागि सर्वेक्षण र तथ्यांकसमेत आइसकेको छ,’ उनले भनिन्, ‘आधारभूत तहदेखि नै परीक्षाको मूल्यांकन विधिसमेत व्यवस्थित बन्छ ।’


शितल गुरुङ र कल्पना सोनीको परेवा जोडी गीत सार्वजनिक

शितल गुरुङ र कल्पना सोनीको परेवा जोडी...

वि.सं.२०८३ असार ४ बिहीवार १३:२३

शितल गुरुङ र कल्पना सोनीको परेवा जोडी गीत सार्वजनिक भयो,...

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...