View Point Long Banner Ad

सडकमा भिख माग्नेदेखि सिनेमासम्म

मुम्बई । सन् १९९० को दशकका हिन्दी फिल्महरूमा एउटा यस्तो कलाकार थिइन्, जसले सानो भूमिकामा पनि दर्शकको मन जितेकी थिइन्— उनी हुन् मिस मिमी। उनको विशिष्ट शारीरिक बनावटका कारण उनलाई धेरै फिल्महरूमा देखिन्थ्यो। आश्चर्यको कुरा, मिस मिमी कुनै प्रशिक्षित अभिनेत्री थिइनन्, बरु उनी सडकमा भीख माग्ने एक महिला थिइन्, जसको मानसिक अवस्था पूर्ण रूपमा ठिक थिएन। उनको सडकबाट सिनेमाको पर्दासम्मको यात्रा निकै रोचक छ।

उनलाई आमिर खान र माधुरी दीक्षितको सुपरहिट फिल्म ‘दिल’ ले पहिचान दियो। फिल्ममा बक्सिङको एक दृश्य छ, जहाँ आदिल इरानी हार्छन् र सजायस्वरूप मिस मिमीले उनलाई चुम्बन गर्छिन्। यसै दृश्यले उनलाई ‘मिस मिमी’ को नामले चर्चित बनायो। अभिनेता आदिल इरानीले एक अन्तर्वार्तामा बताएअनुसार, उनले मिस मिमीलाई सडकमा भीख मागिरहेको देखेका थिए। उनका भाइ इन्दर कुमार त्यस समय एक अनौठो चरित्रको खोजीमा थिए। मिस मिमीको विशिष्ट व्यक्तित्वबाट प्रभावित भएर उनले ‘दिल’ मा सानो भूमिका दिएका थिए। यसपछि मिस मिमीले ‘बेटा’ र ‘दिलजले’ जस्ता फिल्महरूमा पनि काम गरिन्। तर, मानसिक स्वास्थ्य ठिक नभएका कारण उनले जे भेट्टाए, त्यही खाने गर्थिन्, जसले उनको स्वास्थ्यमा नकारात्मक असर पारेको थियो।

केही रिपोर्टअनुसार, पछि अचानक उनको स्वास्थ्य बिग्रियो र उनी गम्भीर बिरामी परेकी थिइन्। सन् २००० मा उनको निधन भयो ।


बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव फेला, अझै केही शव पुरिएको आशंका

बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव...

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२५

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले...

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२०

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा...

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको आलोचना

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको...

वि.सं.२०८३ भदौ १६ मंगलवार १८:४३

काठमाडौँ। संसद्‌मा रहेका प्रमुख विपक्षी दलहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रका...

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...