नयाँ सहमति र समझदारीबाट देशलाई अघि बढाउन ढिलो नगरौँ : लोहनी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले नयाँ सहमति र समझदारीबाट देशलाई अघि बढाउन ढिलो गर्न नहुने बताएका छन् । वीपी कांग्रेसले काठमाडौँमा आयोजना गरेको चियापान तथा छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जनताले दिएको राजनीतिक पुँजी, वैधताको सही सदुपयोग गर्न नसक्दा यो अवस्था सिर्जना भएको बताए । उनले जेनजीको आन्दोलनबाट निस्किएको उर्जालाई सकारात्मक रुपमा अघि बढाउन नसके नेपाल विदेशीको क्रिडास्थल हुने खतरा रहेको बताए ।
अहिले यो पार्टी र उ पार्टी भन्ने र एकले अर्कोलाई आरोप लगाउने समय नभएकाले सबै मिलेर राष्ट्रिय सहमति गर्नुपर्ने बताए । नेपालमा भएका सबै शक्तिहरुले एकअर्कालाई जोड्ने शक्तिको पहिचान गर्न जरुरी रहेको बताए ।
नेता लोहनीले पार्टी भन्दा देश ठूलो भन्ने सोचेर सबैले कम्परमाइज गरेर नयाँ सहमतिबाट अघि बढ्नुपर्ने बताए । नेपाललाई जोड्ने शक्ति राजनीतिक दलहरु र संवैधानिक राजसंस्था रहेको बताए । –न्युज एजेन्सी नेपाल
वि.सं.२०८२ असोज २२ बुधवार १२:०८


















