View Point Long Banner Ad

डेंगुको जोखिम उच्च, सुरक्षित रहन आग्रह

डेंगु एक प्रकारको भाइरल रोग हो, जुन मनसुनसँगै धेरै फैलिरहेको छ । यो रोग मुख्यतया एडिस प्रजातिको एडिस एजिप्टाई र एडिस अल्बोपिक्टस नामक लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। डेंगु कोभिडजस्तो एक व्यक्तिबाट अर्कोमा सिधै सर्दैन, यो रोग एडिस लामखुट्टेको टोकाइले एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ।

यो लामखुट्टेले विशेष गरी दिउँसोको समयमा टोक्ने गर्छ । बिहान र साँझको समयमा बढी सक्रिय हुने यो लामखुट्टेले राम्रो प्रकाश भएको ठाउँमा राति पनि टोक्न सक्छ। एडिस लामखुट्टे मानिसहरूका लागि उपयुक्त वातावरणमा सजिलै हुर्कन सक्छ, जसले गर्दा यसलाई नियन्त्रण गर्न निकै गाह्रो पर्दछ ।अनुसन्धान अनुसार, डेंगु फैलनको लागि २८-३० डिग्री सेल्सियस तापक्रम उपयुक्त मानिन्छ, तर हालका वर्षहरूमा २५-२७ डिग्री सेल्सियस तापक्रममा पनि यो रोग धेरै फैलिएको देखिन्छ । विशेष गरी, वर्षा ऋतुले लामखुट्टेको प्रजननका लागि उपयुक्त स्थानहरू उपलब्ध गराउँछ, त्यसैले यतिबेला हामी अझै सतर्क रहनुपर्ने आवश्यकता छ।

डेंगुको लक्षण संक्रमण भएको ३ देखि ८ दिनपछि देखिन्छ । यदि तपाईंमा अचानक उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, गम्भीर रुपमा जोर्नी र मांसपेशी दुख्ने, थकान महसुस हुने, वाकवाकी लाग्ने, छालामा दागहरू देखिने, नाक, गिजाबाट रगत बग्नेजस्ता लक्षणहरु देखिएमा तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ । यी डेंगु रोगका लक्षणहरु हुन् । प्रारम्भिक उपचारले डेंगुबाट हुने जोखिम कम गर्न मद्दत पुर्याउँछ ।

डेंगुबाट कसरी सुरक्षित रहने ?

अहिलेसम्म डेंगु रोग भएका मानिसहरुको लागि कुनै खास उपचार छैन । यो रोगबाट निको हुने अवधि रोगको प्रकृति तथा विरामीको शारीरिक अवस्थाअनुसार १ देखि २ हप्तासम्म रहन्छ । यो रोगका विरामीले आराम गर्नुपर्छ, पर्याप्त झोल पदार्थ पिउनुपर्छ । चिकित्सकको सल्लाह अनुसार ज्वरो कम गर्ने औषधी खानुपर्दछ । अत: रोग अझै फैलिन नदिनका लागि मानिस लामखुट्टेको टोकाइको बच्नुपर्दछ ।

यदि घरमा नै बसेर उपचार गर्दै आउनु भएको छ अनि बिरामीलाई गाह्रो भयो भने तुरुन्त नजिकको अस्पतालमा पुर्याउनु पर्दछ ।

डेंगुको फैलावट रोक्न निम्न उपायहरू अपनाउन सकिन्छ

लामखुट्टेको टोकाइबाट जोगिनुहोस्-

  • लामखुट्टे नाशक औषधीको प्रयोग गर्नुहोस् ।
  • लामो बाहुला भएको पोशाक लगाउनुहोस् ।
  • झुल हालेर सुत्नुहोस् र झ्याल र ढोकाहरूमा पर्दा लगाएर लामखुट्टेलाई भित्र पस्न नदिनुहोस् ।

लामखुट्टे प्रजनन् स्थलहरू हटाउनुहोस्-

  • बाल्टिन, टायर र अन्य कुनै पनि पानी जम्ने कन्टेनरहरू नियमित रूपमा खाली गर्नुहोस् ।
  • पानी भण्डारण गर्ने कन्टेनरहरूलाई ढाकेर राख्नुहोस् ताकि लामखुट्टेहरूले अन्डा पार्न नसकुन् ।
  • यदि पानी खाली गर्न नसकिने अवस्था छ भने त्यसमा लार्भिसाइड्सको प्रयोग गर्नुहोस् ।

वर्षा कम हुँदै जाँदा, डेंगु ज्वरोबाट आफू र आफ्नो परिवारलाई जोगाउन सावधानी अपनाउनु महत्त्वपूर्ण हुन्छ । डेंगुजस्तो रोक्न सकिने रोगबाट बच्नका लागि सतर्क रहौं र समुदायलाई सुरक्षित राख्न सहयोग गरौं ।

(लेखक डा. गंगाराम फैजु काठमाडौँ विश्वविद्यालयका गणितका असिस्टेन्ट प्रोफेसर हुन् । उनले डेंगु रोग सर्ने गणितीय प्रणालीमा विद्यावारिधि गरेका छन् ।)


सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

खुट्टामा देखिन्छ खराब रक्तसञ्चारका लक्षण, यसबाट कसरी बच्ने ?

खुट्टामा देखिन्छ खराब रक्तसञ्चारका लक्षण, यसबाट कसरी...

वि.सं.२०८२ असोज २८ मंगलवार १४:१६

काठमाडौँ । हाम्रो शरीर एउटा मेसिनजस्तै हो, जसको कार्य सञ्चालनका...

बारम्बार तताएको तेलले निम्त्याउन सक्छ क्यान्सर

बारम्बार तताएको तेलले निम्त्याउन सक्छ क्यान्सर

वि.सं.२०८२ असोज २५ शनिवार १६:२०

काठमाडौँ । तपाईंलाई थाहा छ? भान्सामा हुने एउटा सानो गल्तीले...

स्तन क्यान्सर पहिचान गर्ने ६ लक्षण

स्तन क्यान्सर पहिचान गर्ने ६ लक्षण

वि.सं.२०८२ असोज २२ बुधवार १३:४८

काठमाडौँ । महिलाहरूमा हुने क्यान्सरहरूमध्ये स्तन क्यान्सर सबैभन्दा सामान्य हो,...

चिकित्सकलाई मेडिकल कलेज सञ्चालकको धम्की ः आन्दोलन नरोकेसम्म भत्ता दिँदैनौं

चिकित्सकलाई मेडिकल कलेज सञ्चालकको धम्की ः आन्दोलन...

वि.सं.२०८२ वैशाख १६ मंगलवार १६:०७

  १६ वैशाख, काठमाडौं । चिकित्साशास्त्र स्नातकोत्तर तह (पीजी) अध्ययनरत...

पानीमा राजनीति छ, हामी अन्त्य गर्छौं ः प्रदीप यादव

पानीमा राजनीति छ, हामी अन्त्य गर्छौं ः...

वि.सं.२०८१ चैत ८ शुक्रवार १४:००

  ८ चैत, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यदावले पानीको मुहानमा...