View Point Long Banner Ad

डेङ्गुबाट झापामा २ जनाको मृत्यु, कोशीमा एक हजार ६५ जना सङ्क्रमित

झापा । कोशी प्रदेशमा डेङ्ग‍ुबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेङ्गी सङ्क्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालयका डेङ्गी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेङ्गुबाट मृत्यु हुनेमा हल्दिबारी-३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड-४ का आठ वर्षीय आलोकजङ्ग बस्नेत रहेका छन् । झापामा साउन १ गतेयता सङ्क्रमितको सङ्ख्या एक सय २८ पुगिसकेको छ ।

कोशी प्रदेशमा यस अवधिमा सबैभन्दा बढी मोरङमा सङ्क्रमितको सङ्ख्या ५३२ पुगेको छभने त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेङ्गीका सङ्क्रमित धेरै पाइएको छ । ताप्लेजुङमा भने डेङ्गीको एकजना पनि सङ्क्रमित पाइएको छैन ।

स्वास्थ्य निर्देशनालय धनकुटाका फोकल पर्सन सुरक्षा खत्रीका अनुसार धनकुटामा ८० र सुनसरीमा ७० जनामा डेङ्गीको सङ्क्रमण भएको छ । यसैगरी, उदयपुरमा ६९ जना, भोजपुरमा ६८, सङ्खुवासभामा ६७, ओखलढुङ्गामा २९, पाँचथरमा २१, सोलुखुम्बुमा ६, इलाममा पाँचजना, खोटाङमा चारजना र तेह्रथुममा दुईजनामा डेङ्गी सङ्क्रमण भएको पाइएको छ ।गत वैशाखदेखि नै कोशी प्रदेशका अधिकांश जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिन थालेको थियो । वैशाखदेखि असारसम्म कोशीमा तीन सय ८६ जनामा डेङ्गी सङ्क्रमण भइसकेको थियो ।

झापामा साउन १ गतेयता सबैभन्दा धेरै विर्तामोडमा ८१ जनामा डेङ्गीको सङ्क्रमण भेटिएको छ । त्यसपछि दमकमा २२ जनामा सङ्क्रमण पुष्टि भयो भने हल्दिबारीमा सातजना र भद्रपुरमा पाँचजनामा डेङ्गीको सङ्क्रमण भेटिएको छ ।


सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

खुट्टामा देखिन्छ खराब रक्तसञ्चारका लक्षण, यसबाट कसरी बच्ने ?

खुट्टामा देखिन्छ खराब रक्तसञ्चारका लक्षण, यसबाट कसरी...

वि.सं.२०८२ असोज २८ मंगलवार १४:१६

काठमाडौँ । हाम्रो शरीर एउटा मेसिनजस्तै हो, जसको कार्य सञ्चालनका...

बारम्बार तताएको तेलले निम्त्याउन सक्छ क्यान्सर

बारम्बार तताएको तेलले निम्त्याउन सक्छ क्यान्सर

वि.सं.२०८२ असोज २५ शनिवार १६:२०

काठमाडौँ । तपाईंलाई थाहा छ? भान्सामा हुने एउटा सानो गल्तीले...

स्तन क्यान्सर पहिचान गर्ने ६ लक्षण

स्तन क्यान्सर पहिचान गर्ने ६ लक्षण

वि.सं.२०८२ असोज २२ बुधवार १३:४८

काठमाडौँ । महिलाहरूमा हुने क्यान्सरहरूमध्ये स्तन क्यान्सर सबैभन्दा सामान्य हो,...

चिकित्सकलाई मेडिकल कलेज सञ्चालकको धम्की ः आन्दोलन नरोकेसम्म भत्ता दिँदैनौं

चिकित्सकलाई मेडिकल कलेज सञ्चालकको धम्की ः आन्दोलन...

वि.सं.२०८२ वैशाख १६ मंगलवार १६:०७

  १६ वैशाख, काठमाडौं । चिकित्साशास्त्र स्नातकोत्तर तह (पीजी) अध्ययनरत...

पानीमा राजनीति छ, हामी अन्त्य गर्छौं ः प्रदीप यादव

पानीमा राजनीति छ, हामी अन्त्य गर्छौं ः...

वि.सं.२०८१ चैत ८ शुक्रवार १४:००

  ८ चैत, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यदावले पानीको मुहानमा...