View Point Long Banner Ad

खासमा के हो सन्चो ?

 

‘सन्चो’ नाममा उपलब्ध हुने तिख्खर सुगन्धयुक्त तेलबारे सायदै अनभिज्ञ होलान् । किनभने रुघा लाग्दा, नाक बन्द हुँदा होस् वा मांसपेशी–जोर्नी दुख्दा धेरैले सन्चो प्रयोग गर्छन् । विगतको तुलनामा सन्चोको उत्पादन र खपत दुवै बढेको छ ।

सन्चोको उपयोगिता अनेक छ । सन्चोको केही थोपा हालेर बाफ लिने, हातगोडा मसाज गर्ने, टाउको दुखेको बेला निधारमा केही थोपा हालेर हल्का मसाज गर्नुपर्छ, दुखाइ कम हुन्छ । लामखुट्टे वा अन्य कीराले टोक्दा पनि चिलाउने वा रातो हुने समस्या कम हुन्छ । थकान वा अरु कारणले हातखुट्टा दुखेको छ भने पनि सन्चोको केही थोपा लगाएर मसाज गर्नुपर्छ, आरम महसुस हुन्छ । यसरी सन्चोको प्रयोग रुघाखोकी, जोर्नी दुखेको, नाक बन्द भएको, थकान, जीउ दुखेको, मांसपेशी दुखेको, टाउको दुखेको, मर्केको ठाउँ र सामान्य चिलाइमा गर्न सकिन्छ ।

खासमा के हो सन्चो ?

सन्चो हाम्रै घर आँगनमा पाइने औषधीय वनस्पतिबाट बनाइन्छ । पुदिना, युकालिप्टस ९मसला०, कपुर, धसिंग्रे, तुलसी, टिमुर र लेमनग्रासको सुगन्धित तेल मिश्रण गरेर सन्चो बनाइन्छ । प्राकृतिक जडिबुटीहरुको समिश्रणका कारण यो विभिन्न स्वास्थ्य समस्याको अचूक समाधान बनेको हो । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले यी जडिबुटीहरुको उत्पादन गर्दै आएको छ । यसको कुनै नकारात्मक असर छ, आयुर्वेदिक होस् वा एलोपेथिक प्रायस् सबै औषधिको केही न केही असर त हुन्छ नै । कुनै औषधिले एउटा व्यक्तिलाई फाइदा गर्छ भने अर्को व्यक्तिलाई बेफाइदा गरिरहेको हुन्छ । त्यसैले सन्चोले पनि कसैलाई एलर्जी हुन सक्छ । कस्तो अवस्थामा प्रयोग नगर्ने र पहिले सन्चो उत्पादनको सुरुवाती दिनमा १(२ थोपा सन्चोलाई पानीमा हालेर खाने पनि गरिन्थ्यो । तर औषधि व्यवस्था विभागले सन्चोलाई खानमा प्रयोग नगर्न भनेपछि खाने सुझाव बन्द गरियो । आँखामा सोझै यसको प्रयोग गर्नु हुँदैन । सन्चोको प्रयोग बाहिरी प्रयोजनको लागि मात्र गर्न सकिन्छ । भित्री रुपमा यसको प्रयोग गर्नु हुँदैन । ९जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीकी चिफ म्यानेफ्र्याक्चरिङ अफिसर उषा रिजालसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित०


सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

खुट्टामा देखिन्छ खराब रक्तसञ्चारका लक्षण, यसबाट कसरी बच्ने ?

खुट्टामा देखिन्छ खराब रक्तसञ्चारका लक्षण, यसबाट कसरी...

वि.सं.२०८२ असोज २८ मंगलवार १४:१६

काठमाडौँ । हाम्रो शरीर एउटा मेसिनजस्तै हो, जसको कार्य सञ्चालनका...

बारम्बार तताएको तेलले निम्त्याउन सक्छ क्यान्सर

बारम्बार तताएको तेलले निम्त्याउन सक्छ क्यान्सर

वि.सं.२०८२ असोज २५ शनिवार १६:२०

काठमाडौँ । तपाईंलाई थाहा छ? भान्सामा हुने एउटा सानो गल्तीले...

स्तन क्यान्सर पहिचान गर्ने ६ लक्षण

स्तन क्यान्सर पहिचान गर्ने ६ लक्षण

वि.सं.२०८२ असोज २२ बुधवार १३:४८

काठमाडौँ । महिलाहरूमा हुने क्यान्सरहरूमध्ये स्तन क्यान्सर सबैभन्दा सामान्य हो,...

चिकित्सकलाई मेडिकल कलेज सञ्चालकको धम्की ः आन्दोलन नरोकेसम्म भत्ता दिँदैनौं

चिकित्सकलाई मेडिकल कलेज सञ्चालकको धम्की ः आन्दोलन...

वि.सं.२०८२ वैशाख १६ मंगलवार १६:०७

  १६ वैशाख, काठमाडौं । चिकित्साशास्त्र स्नातकोत्तर तह (पीजी) अध्ययनरत...

पानीमा राजनीति छ, हामी अन्त्य गर्छौं ः प्रदीप यादव

पानीमा राजनीति छ, हामी अन्त्य गर्छौं ः...

वि.सं.२०८१ चैत ८ शुक्रवार १४:००

  ८ चैत, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यदावले पानीको मुहानमा...