View Point Long Banner Ad

पर्साको मुद्दा विलम्ब गरिएको भन्दै रवि लामिछाने असन्तुष्ट

१९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगीसम्बन्धी पर्साको मुद्दा विलम्ब गरिएको भन्दै त्यसप्रति असन्तुष्ट भएका छन् ।

मंगलबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै उनले असन्तुष्टि जनाएका हुन् ।

 

पुर्साको मुद्दा किन विलम्ब भएको होला भनेर पत्रकारहरूले प्रश्न गरेका थिए । लामिछानेले जवाफ दिए, ‘सरकारले हतियार बनाएर राखेर पर्साको ९मुद्दा० चाहिं झुण्ड्याइराख्या छ । मान्छे लगाएर हालिएको मुद्दा हामीलाई थाहा छैन र १ हकदैया छैन, हदम्याद छैन । सबै थाहा छ । सब जगजाहेर छ ।’

सरकारले छोप्यौं भन्ने ठानेको भएता पनि नछोपिएको उनले बताए । अगाडि भने, ‘सरकार छोप्यौं भन्ठान्स हामी नाङ्गो देखिराख्या छौं । सरकार छोपिएको छ, छोपिएको छ भनिरहेको छ तीनकुनेको छोप्या जस्तो । तर, नाङ्गो भइसक्यो ।’

 

लामिछानेविरुद्ध पर्सा जिल्लामा सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा मुद्दा छ । यससम्बन्धी अनुसन्धान लम्ब्याइएको आरोप लब्याएर दुःख दिइरहने हतियार बनाउन खोजेको लामिछानेको आरोप छ ।

कास्की, काठमाडौं, रूपन्देही र चितवन गरी चारवटा जिल्लामा सहकारीसम्बन्धी मुद्दा दर्ता भएर पनि लामिछाने चारैतिर धरौटीमा रिहा भइसकेका छन् । तर, वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दा भने अगाडि बढ्न सकेको छैन । यो विषयमा जिल्ला अदालत पर्सामा दुई पटक मुद्दा दर्ता भइसकेको छ । तर, अगाडि बढेको छैन ।

पहिलो पटक २०८० साल असोज २३ गते र दोस्रो पटक फागुन २ गते पूरक अभियोगका रूपमा लामिछानेविरुद्ध अर्को मुद्दा दर्ता भएको थियो ।

पाँचवटा जिल्लामा लगभग सँगसँगै अनुसन्धान सुरु भए पनि चार जिल्लामा मुद्दा दायर भइसकेर लामिछाने धरौटीमा छुटिसक्दा समेत पर्सामा भने विलम्ब भएको हो ।

चार जिल्लामा लामिछाने धरौटीमा रिहा भएपछि उच्च तहबाटै पर्सा प्रहरीलाई लामिछानेविरुद्धको मुद्दामा एक दुई वटा विषयमा थप अनुसन्धान गर्नू भन्ने निर्देशन भएको र त्यसकारण मुद्दा लम्बिएको टिप्पणी हुने गरेको छ । यही बेला लामिछानेले पनि मुद्दा लम्बिएको भनेर असन्तुष्टि जनाएका हुन् ।


बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव फेला, अझै केही शव पुरिएको आशंका

बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव...

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२५

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले...

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२०

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा...

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको आलोचना

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको...

वि.सं.२०८३ भदौ १६ मंगलवार १८:४३

काठमाडौँ। संसद्‌मा रहेका प्रमुख विपक्षी दलहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रका...

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...