View Point Long Banner Ad

सुनको भाउ किन बढिरहेको छ ?

१९ चैत, काठमाडौं । चार दिनदेखि सुनको मूल्यमा रेकर्ड बन्ने क्रम जारी छ । मंगलबार पनि सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन भाउ प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँ तोकेको छ । आजको मूल्य अघिल्लो दिनको तुलनामा १८ सय बढी हो ।

 

अघिल्लो दिन प्रतितोला १ लाख ७७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत शुक्रबारदेखि सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै आएको छ । शुक्रबार प्रतितोला १ लाख ७६ हजार २ सयमा कारोबार भएको सुन आइतबार १ लाख ७६ हजार ८ सय पुग्यो । सोमबार ११ सय बढेर १ लाख ७७ हजार ९ सय पुगेको थियो ।

किन बढिरहेको छ भाउ ?
सुनको भाउ लगातार बढ्नुमा अमेरिकाप्रति अन्य मुलुकहरुको बढ्दो असन्तुष्टि हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपछि अर्को गरी अमेरिका आयात हुने वस्तुमा करका दर थोपर्दै गएपछि विभिन्न मुलुकहरु असन्तुष्ट छन् ।

 

यसअघि चीन, मेक्सिको तथा क्यानडाबाट आयात हुने वस्तुमा कर बढाएका उनले अमेरिका आयात हुने सवारीसाधनमा २५ प्रतिशतसम्म ट्यारिफ घोषणा गरेका छन् । भोलि बुधबारदेखि नै यो लागू हुनेछ । यसले अटोमोबाइल क्षेत्रमा माग घट्न गई अमेरिकासँग विभिन्न मुलुकको व्यापार नै प्रभावित पार्नेछ ।

यहीं कारण लगानीकर्ता तथा केन्द्रीय बैंकले समेत सुनमा लगानी बढाएका छन् । जसले अन्तर्राष्ट्रिय बजारमा माग बढ्न गई मूल्य बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारको भाउअनुसार यहाँ महासंघले समायोजन गर्दै आएको छ


बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव फेला, अझै केही शव पुरिएको आशंका

बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव...

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२५

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले...

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२०

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा...

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको आलोचना

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको...

वि.सं.२०८३ भदौ १६ मंगलवार १८:४३

काठमाडौँ। संसद्‌मा रहेका प्रमुख विपक्षी दलहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रका...

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...