View Point Long Banner Ad

माइतीघरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

काठमाडौँ । जेनजी आन्दोलनपछि सरकार गठन भएको एक महिना पूरा भएको अवसरमा राष्ट्रिय एकता अभियानले मंगलबार काठमाडौँको माइतीघर मण्डलामा भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । भ्रष्टाचार अन्त्य तथा सुशासनको माग राखी भदौ २३ गते र २४ गते भएको आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा भदौ २७ गते सरकार गठन भएको थियो ।

आन्दोलनले उठाएको माग पुरा गराउने दबाबका लागि सो प्रदर्शन गरिएको राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवले बताए । वर्तमान सरकारले भ्रष्टाचार छानबिनमा देखिएको ढिलासुस्ती र निष्क्रियताबारे खबरदारी पनि गरेको छ । प्रदर्शनकारीहरूले “पोखरा एयरपोर्टका भ्रष्टाचारीलाई कारबाही गर”,  “भुटानी शरणार्थी फाइल सार्वजनिक गर”, “टेरामेक्स घोटालाबाजलाई जेल हाल”, “केन्टोमेन्ट घोटालाको हिसाब दे” लगायतका नाराबाजी गरेका थिए ।

अभियानका अध्यक्ष विनय यादवले पोखरा विमानस्थल, भुटानी शरणार्थी प्रकरण, टेरामेक्स उपकरण खरिद र केन्टोमेन्ट घोटालाजस्ता मुद्दामा निष्पक्ष छानबिन आवश्यक रहेको बताए ।
अभियानले भ्रष्टाचारविरुद्धको आन्दोलनलाई देशव्यापी रूपमा अझ सशक्त बनाउँदै लैजाने अध्यक्ष यादवले दाबी गरे ।

यो प्रदर्शनले नागरिक समाजको निगरानी र दबाब अझ तीव्र भएको सन्देश दिएको छ र नागरिक सरकारमाथि पारदर्शिता र जवाफदेहिताका लागि थप दबाब सिर्जना गरेको उनले बताए ।


बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव फेला, अझै केही शव पुरिएको आशंका

बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव...

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२५

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले...

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२०

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा...

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको आलोचना

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको...

वि.सं.२०८३ भदौ १६ मंगलवार १८:४३

काठमाडौँ। संसद्‌मा रहेका प्रमुख विपक्षी दलहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रका...

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...