View Point Long Banner Ad

सात हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

काठमाडौं । रामेछापका सात हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप लगाइने भएको छ ।

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत रामेछापका कक्षा ६ देखि १० मा अध्ययनरत र विद्यालय बाहिर रहेका किशोरी समेत गरी ७ हजार ६३ जना छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार शाहले बताए ।

छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी ह्युमनपापिलोमा भाइरस विरुद्धको खोप लगाइने उनले बताए ।

खोप कार्यक्रम दोस्रो चरणमा सञ्चालन हुने भएको छ । पहिलो चरण अन्तर्गत माघ २२ देखि २४ गतेसम्म मन्थली नगरपालिका,उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका, खाँडादेवी गाउँपालिका, दोरम्बा शैलुुङ गाउँपालिका र सुनापती गाउँपालिकामा खोप अभियान सञ्चालन हुने भएको छ ।

दोस्रो चरणको खोप माघ २८ देखी ३० गतेसम्म सञ्चालन हुने छ ।दोस्रो चरणमा रामेछाप नगरपालिका र लिखु तामाकोशी गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ ।
सुरुमा विद्यालयमै खोप केन्द्र सञ्चालन गरी किशोरीहरूलाई खोप लगाइने र अभियानको अन्तिम दिन नजिकको स्वास्थ्य संस्थाबाट खोप उपलब्ध कार्यालयले जनाएको छ ।


बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव फेला, अझै केही शव पुरिएको आशंका

बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव...

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२५

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले...

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

‘सरकारी अस्पताल पनि यस्तो हुन्छ भनेर देखाउँछौँ’

वि.सं.२०८३ भदौ १६ मंगलवार १९:२०

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा...

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको आलोचना

सर्वदलीय बैठक : विपक्षी दलहरूले गरे सरकारको...

वि.सं.२०८३ भदौ १६ मंगलवार १८:४३

काठमाडौँ। संसद्‌मा रहेका प्रमुख विपक्षी दलहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रका...

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...