केराको बुंगो खानुका फाइदै फाइदा
के तपाइलाई केराको फूल अर्थात बुंगोकाबारे जानकारी छ ? यदि जानकारी छैन भने जानिराख्नुस यसको फाइदाहरु,,
केरा विश्वको जुनसुकै स्थानमा पनि सजिलै पाउन सकिन्छ र केरा खेती गरेर मानिसहरुले मनग्य आम्दानी पनि गरिरहेका छन । केरा स्वास्थ्यको लागि अति उत्तम पनि मानिन्छ । केराको रूखको प्रत्येक भाग कुनै न कुनै रूपमा उपयोगी मानिन्छ । तपाईं फूल, फल र केराको रूखको डाँठहरु पनि खान सक्नुहुनेछ ।
केराको पात प्लेटको रूपमा प्रयोग गर्न सकिन्छ र बोक्रा कागज बनाउन प्रयोग गर्न सकिन्छ । त्यस्तै केराको फूलमा धेरै फाइबर, प्रोटीन, पोटासियम, क्याल्सियम, फलाम, म्याग्नीशियम, तामा, फास्फोरस र भिटामिन ई को मात्रा प्रशस्त मात्रामा पाइन्छ ।
आज विशेषगरि यहाँ केराको बुङ्गोको फाइदाको बारेमा चर्चा गरिन्छ ।
केराको बुङ्गाको फाइदाहरु
भिटामिन र खनिजहरूको प्रमुख स्रोत
केराको फूल अर्थात बुङ्गोमा भिटामिन सी, ए, ई, फाइबर, पोटेशियम जस्ता खनिज पदार्थहरु प्रसस्त मात्रामा पाइने हुनाले यसले मानिसको शरिरमा आवश्यक पौष्टिक तत्त्वहरु प्रदान गर्दछ । । यसले शरीर र दिमागको स्वस्थ विकासको लागि आवश्यक भुमिका खेल्दछ ।
संक्रमण निको पार्छ
केराको फूलमा इथानोल पाइने भएकाले यसले शरिरमा थप रोगजनक ब्याक्टेरियाहरु लाग्नबाट बचाँउछ । यसले शरिरमा लागेको चोटपटक ठीक गर्न पनि मदत गर्दछ ।
क्यान्सर र हृदय रोगीहरुको लागी फाइदाजनक
केराको फूल अर्थात बुङ्गोमा एसिड, टेनिन, फ्लाभोनोइड्स र अन्य एन्टिआक्सीडन्टहरू पनि पाइने हुदा यसले रेडिकलहरूलाई प्रतिरोध गरि क्यान्सर र हृदय रोग निम्त्याउने अक्सिडेटिभ रोक्न समेत मदत गर्दछ । त्यसैले क्यान्सर र मुटुरोगका समस्या भएका व्यक्तिहरूले केराको बुङ्गोे खानु उपर्युक्त मानिन्छ ।
मधुमेह र रक्ताल्पतालाइ कम गर्छ ।
मधुमेह भएका व्यक्तिहरूले केराको बुङ्गो पकाएर वा काचै खाएमा पनि फाइदा गर्दछ । केराको बुङ्गोेले रगतमा चिनीको मात्रा घटाँउन मदत गर्दछ र शरीरमा हेमोग्लोबिनको मात्रा वृद्धि गर्दछ ।। केराको बुङ्गोमा पाइने फाइबर र फलामले शरिरमा रातो रक्तकोशिकाको उत्पादन बढाउन मदत गर्दछ ।
चिन्ता कम गर्न मदत
केराको फूलमा पाइने म्याग्नीशियमले तपाईंको मुडलाई सुधार गर्न मद्दत गर्दछ र चिन्ता कम गर्दछ। केराको फूलमा कुनै प्रकारको साइड इफेक्ट नहुने भएकाले यसले एन्टी९डिप्रेसरको रूपमा काम गर्दछ ।
दुग्धपान सुधार गर्छ
केराको फूलले गर्भाशय स्वस्थ राख्न मद्दत गर्दछ, गर्भावस्थामा कब्जियत हटाउन सहयोग गर्दछ भने सुत्केरी महिलालाइ स्तनपान गराउन प्रोत्साहित पनि गर्दछ।
मासिक स्वास्थ्य राम्रो बनाउन मदत
पकाएको केराको बुङ्गोले मानिसको पेट दुखाइ तथा रजस्वला हुदा रक्तस्राव कम गर्न पनि मद्दत गर्दछ। यदि केराको बुङ्गोेलाइ दहीसगं मिसाएर खाएमा मानिसको शरीरमा हुने प्रोजेस्टेरोन हार्मोन बढाउँदछ र ब्लीडिंग कम गर्दछ।
वि.सं.२०७८ माघ २३ आइतवार १२:३२
















