View Point Long Banner Ad

इजरायली सेनाद्वारा लेवनानमा हिजबुल्लाह लक्षित आक्रमण,सय जनाको मृत्यु

एजेन्सी । लेबनानमा सोमबार इजरायलले गरेको हवाई हमलामा एक सय जना मारिएका छन् ।

हमलामा चारसय जना भन्दा बढी घाइते भएका लेवनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।दक्षिणी लेबनानमा इजरायलले हिजबुल्लाहलाइृ लक्षित गरेर हमला गरेको हो ।

इजरायलले लेबनानका मानिसहरूलाई सुरक्षित स्थानमा जान र हिजबुल्लाहबाट टाढा रहन आग्रह गरेको छ। इजरायली रक्षा बलका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले यसअघि सेनाले लेबनानमा ठूलो मात्रामा र सटीक आक्रमण गर्ने बताएका थिए। हगारीले मानिसहरूलाई आफ्नो सुरक्षाको लागि हिजबुल्लाहको अखडा नजिक नजान आग्रह गरेका छन्।

गत वर्ष अक्टोबर ७ मा प्यालेष्टिनी लडाकू समूह हमासले एक्कासी इजरायलका आक्रमण गरेर १२ सय जना इजरायली नागरिकको हत्या गरेको थियो भने २५०जनालाई अपहरण गरेको थियो । त्यसपछि इजरायल र हमासका लडाकूबीच युद्ध जारी छ । हमासलाई सहयोग गर्ने लेवनानमा रहेको अर्काे मुस्लिम लडाकू समूह हिजबुल्लाहले पनि हमासलाई सहयोग गरिरहेको छ । हिजबुल्लाहलाई इरानले हातहतियार सहयोग गर्ने गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । त्यस कारण इजरायलले हिजबुल्लाह केन्द्रित आक्रमण गरेको हो ।

गत मंगलबार र बुधबार हिजबुल्लाहले प्रयोग गरिरहेको पेजर र वाकीटकी बिसफोट भएका थिए । जसमा हिजबुल्लाहका उच्च स्तरका कमाण्डर सहित ३८ जनाको मृत्यु भएको थियो । वाकीटकी र पेजर इजरायलले बिस्फोट गराएको हिजबुल्लाहको दाबी छ । इजरायल भने यसमा मौन छ । हिजबुललाहले त्यसको बदलामा आइतबार इजरायलमाथि एक सयवटा रकेट प्रहार गरेको थियो । तर एउटा बाहेक सबै रकेट इजरायलले निस्तेज पारेको थियो । इजरायली आक्रमणमा ४० हजार प्यालेष्टिनी नागरिकको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८० भन्दा बढी घाइते

पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८०...

वि.सं.२०८२ असोज २९ बुधवार १३:४५

स्पिन बोल्दाक । अफगानिस्तान–पाकिस्तान सीमामा भएको  झडपमा कम्तीमा १५ जना...

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

वि.सं.२०८२ असोज २६ आइतवार १६:००

२६ असोज, काठमाडौं । बेलायतमा सञ्चालित ‘एक्सरसाइज क्यामब्रेन पेट्रोल २०२५’...

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको तालिवानको दाबी

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको...

वि.सं.२०८२ असोज २६ आइतवार १४:४३

काबुल । पाकिस्तान गरेको आक्रमणको बदला लिन गरिएको कारबाहीमा ५०...

हलिउड अभिनेत्री डायन किटनको निधन

हलिउड अभिनेत्री डायन किटनको निधन

वि.सं.२०८२ असोज २६ आइतवार १०:५८

लस एञ्जलस । प्रसिद्ध हलिउड अभिनेत्री डायन किटनको निधन भएको...

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको मृत्यु

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको...

वि.सं.२०८२ असोज २६ आइतवार १०:३५

२६ असोज, काठमाडौं। इजिप्टको प्रसिद्ध रिसोर्ट शहर शर्म अल-शेख नजिक...

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के भन्छन् ट्रम्पका छोरा ?

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के...

वि.सं.२०८२ असोज २४ शुक्रवार १४:१५

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कारको...