View Point Long Banner Ad

ममता काफ्ले प्रकरणमा प्रहरीले माग्यो गुगलसँग नरेशको लोकेशन हिस्ट्री

काठमाडौं । अमेरिकाको भर्जिनियाबाट सम्पर्कविहीन भएकी ममता काफ्लेको श्रीमान् नरेश भट्टको गुगल सर्च हिस्ट्री प्रहरीले मागेको छ । अनुसन्धान अधिकृतहरुले अदालतबाट अनुमति लिएर नरेशनको लोकेशन, सर्च हिस्ट्री, अरु कुनै सोसल मिडिया एकाउन्ट लगायतका विवरण माग्दै ‘गुुगल सर्च वारेन्ट’ पठाएका हुन् ।

काटेर ६ पोका बनाएर ममताको शव फालेको दाबीपछि प्रहरीले नरेश भट्ट आवतजावत गरेको हिस्ट्री प्रहरीले मागेको हो । मनसास पार्क प्रहरीले २७ जुलाईदेखि २१ अगस्टको अवधि सम्मको विवरण खोज्दै छ ।

अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार, “जियो लोकेसनको जानकारी अत्यन्त महत्त्वपूर्ण हुन सक्छ । सर्च गरिएका वेबसाइटबाट पनि केही संकेत मिल्न सक्छ ।’’

नरेशका वकिलहरूले ममता जीवित रहेको दाबी गर्दै उनलाई छाड्नुपर्ने माग गरेका छन् । तर अदालतमा भएको सुनुवाइमा अभियोजकहरूले गुगलबाट आवश्यक विवरणको माग गरिएको जानकारी गराएका थिए ।

ममता हराएको केही समयपछि नरेशले आफ्नो टेस्ला कार पनि विक्री गरेका थिए, जसले अनुसन्धानलाई थप जटिल बनाएको छ । प्रहरी अब कारको क्यामरा फुटेज र जीपीएस लोकेसन डाटालाई पनि अन्वेषण गर्दैछन् ।

यस घटनामा ममताको हत्या भएको आशंका गरिएको छ । तर हालसम्म उनलाई फेला पार्न सकेको छैन । नरेशलाई हालको अवस्थामा मात्र शरीर लुकाएको अभियोगमा पक्राउ गरिएको छ ।

१५ साउनबाट सम्पर्कविहीन भएकी ममता, र घरमा भारी मात्रामा रगत फेला परेको तथ्यले प्रहरीले ७ भदौमा नरेशलाई पक्राउ गरेको थियो । सुनुवाइका क्रममा अभियोजकहरूले तर्क गरेका छन् ‘कि ममता जीवित छैनन् ।’


पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८० भन्दा बढी घाइते

पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८०...

वि.सं.२०८२ असोज २९ बुधवार १३:४५

स्पिन बोल्दाक । अफगानिस्तान–पाकिस्तान सीमामा भएको  झडपमा कम्तीमा १५ जना...

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेना सर्वोत्कृष्ट

वि.सं.२०८२ असोज २६ आइतवार १६:००

२६ असोज, काठमाडौं । बेलायतमा सञ्चालित ‘एक्सरसाइज क्यामब्रेन पेट्रोल २०२५’...

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको तालिवानको दाबी

झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको...

वि.सं.२०८२ असोज २६ आइतवार १४:४३

काबुल । पाकिस्तान गरेको आक्रमणको बदला लिन गरिएको कारबाहीमा ५०...

हलिउड अभिनेत्री डायन किटनको निधन

हलिउड अभिनेत्री डायन किटनको निधन

वि.सं.२०८२ असोज २६ आइतवार १०:५८

लस एञ्जलस । प्रसिद्ध हलिउड अभिनेत्री डायन किटनको निधन भएको...

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको मृत्यु

इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको...

वि.सं.२०८२ असोज २६ आइतवार १०:३५

२६ असोज, काठमाडौं। इजिप्टको प्रसिद्ध रिसोर्ट शहर शर्म अल-शेख नजिक...

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के भन्छन् ट्रम्पका छोरा ?

ट्रम्पका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के...

वि.सं.२०८२ असोज २४ शुक्रवार १४:१५

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कारको...