View Point Long Banner Ad

नेप्से २६ सय विन्दुबाट तल

यो साता कारोबारको लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ। आइतबार ५० अंकले घटेको नेप्से परिसूचक आज ५७.०३ अंकले घटेको छ।

नेप्से परिसूचक २.१६ प्रतिशतको गिरावटपछि आज दुई हजार पाँच सय ८०.७६ को विन्दुमा झरेको छ। परिसूचक करिब दुई महिनापछि दुई हजार पाँच सयको विन्दुमा ओर्लिएको हो।

आज विभिन्न तीन सय १२ कम्पनीका एक करोड ७० लाख ६१ हजार आठ सय सात कित्ता सेयर ९२ हजार आठ सय १५ पटक खरिद–बिक्री हुँदा रु. सात अर्ब ३६ करोड १९ लाख ८८ हजारको कारोबार भएको छ।

आज सबै समूहको उपसूचक रातो देखिएको छ। सबैभन्दा धेरै वित्त समूह ५.६६ प्रतिशतले घटेको छ । बैंकिङ १.५९, विकास बैंक २.७२, होटेल तथा पर्यटन २.४८, जलविद्युत् २.२८, लगानी २.५३ र जीवन बिमा १.९१ प्रतिशतले घटेको छ।

त्यस्तै, उत्पादन तथा प्रशोधन १.७१, लघुवित्त २.४३, म्युचुअल फन्ड १.१७, निर्जीवन बिमा १.९१, व्यापार २.७६ र अन्य समूह २.३३ प्रतिशतले घटेको छ।

आजको कारोबारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै घट्नेमा गुडविल फाइनान्स लिमिटेडको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको रु. ३१ करोड ११ लाख ४९ हजार सात सय ३६ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने लक्ष्मी सनराइज बैंक प्रमोटर सेयर पाँच लाख ७७ हजार तीन सय ८९ कित्ता खरिद–बिक्री भएको छ। रासस


बैंकहरुले सीएसआरको पैसा जेनजी आन्दोलनबाट प्रभावितको हितमा खर्च गर्न सक्ने

बैंकहरुले सीएसआरको पैसा जेनजी आन्दोलनबाट प्रभावितको हितमा...

वि.सं.२०८२ असोज २९ बुधवार ११:२७

काठमाडौँ । बैंकहरूले सीएसआरको पैसा जेनजी आन्दोलन प्रभावितको हितमा खर्च...

कार्यक्रम, गोष्ठी, तालिम, गाडी, भत्ता र भ्रमणमा पूर्णतः रोक

कार्यक्रम, गोष्ठी, तालिम, गाडी, भत्ता र भ्रमणमा...

वि.सं.२०८२ असोज २९ बुधवार ११:०५

विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको...

निर्यातमा नगद अनुदान रोक्दा लगानी, रोजगारी र निर्यात प्रभावित हुन्छ: महासङ्घ

निर्यातमा नगद अनुदान रोक्दा लगानी, रोजगारी र...

वि.सं.२०८२ असोज २८ मंगलवार १३:०८

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले निर्यातमा नगद अनुदानको व्यवस्था...

३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म स्टार्टअप उद्यम कर्जा पाइने

३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म स्टार्टअप उद्यम...

वि.सं.२०८२ असोज २६ आइतवार १६:४२

काठमाडौँ । सरकारले सूचना प्रविधिको बढ्दो प्रयोग एवम् व्यवसायको क्षेत्रमा...

सेयर बजारमा पोजिटिभ सर्किट ब्रेक

सेयर बजारमा पोजिटिभ सर्किट ब्रेक

वि.सं.२०८२ असोज २३ बिहीवार ११:५०

कारोबार सुरु भएको ३ मिनेटमै सेयर बजार ४ प्रतिशत बढेर...

विपद् व्यवस्थापनमा बागमती सरकारः ५ करोड ४० लाख बजेट निकासा

विपद् व्यवस्थापनमा बागमती सरकारः ५ करोड ४०...

वि.सं.२०८२ असोज २१ मंगलवार १९:५२

हेटौँडा । बागमती प्रदेश सरकारले मनसुनजन्य विपद्को पूर्वतयारी तथा प्रतिकार्यका...