सेयर बजारमा पोजिटिभ सर्किट ब्रेक
कारोबार सुरु भएको ३ मिनेटमै सेयर बजार ४ प्रतिशत बढेर सर्किट ब्रेक लागेको हो । ४ प्रतिशत बढेर सर्किट ब्रेक लागेसँगै २० मिनेटका लागि कारोबार स्थगित भएको छ । ११ ः ०३ बजेसम्म नेप्से परिसूचक १०२ अङ्क बढेर २६६२ अङ्कमा कायम भएको छ । १०२ अङ्क बढेर २६६२ अङ्कमा पुग्दा सेयर कारोबार भने २७ करोड ५६ लाख रुपैयाँको खरिदबिक्री भएको छ । बुधबार नेपाल राष्ट्र बैङ्कले सेयर कर्जामा २५ करोडको सीमा हटाएसँगै बजारमा उच्च वृद्धि देखिएको छ।
वि.सं.२०८२ असोज २३ बिहीवार ११:५०
















