View Point Long Banner Ad

सहकारी ठगीमा मेरो संलग्नता नरहेको पुष्टि भयो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको पुष्टि भएको बताएका छन्। सोमबार प्रतिनिधिसभामा छानबिन विशेष समितिले प्रतिवेदन बुझाएपछि संसदबाहिर पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले यस्तो प्रतिक्रिया दिएका हुन्।

कम्पनीको एमडी भएकाले कर्मचारीलाई तलब आफूमार्फत जाने भए पनि लगानीको स्रोत हेर्ने अधिकारी आफू नभएको लामिछानेले स्पष्ट पारे। ‘त्यो (लगानी) ल्याउनमा मेरो भूमिका छैन भन्ने स्पष्ट भइहाल्यो । लगानीकर्ताले ल्याएको रकमको स्रोत हेर्ने अथोरिटी मलाई हुँदैन । लगानीकर्ताले कस्तो रकम ल्यायो, सही थियो, गलत थियो हेर्ने निकायहरू छन्,’ उनले भने।

सहकारी ठगीको विषय आफूमा मात्रै केन्द्रित गरेर पीडितहरूमाथि पाप गरिएको भन्दै लामिछानेले थपे, ‘आज यो चिजहरूको प्रतीक्षा लाखौँ बचतकर्ताले गरिरहेका छन् जसको लगानी डुबेको छ, जसले विवाह गर्न पाएनन्, उपचार गर्न पाएनन्, पढाउन पाएनन् आफ्ना बालबालिकालाई। मैले त बोल्न अवसर पाएँ। ती साथीहरू, ती परिवारहरूमाथि कति अन्याय भयो होला।’


जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रतिनिधिसभा पुनर्स्थापनामा सभामुखले पाएनन् दलहरुको ‘ग्रीन सिग्नल’

प्रतिनिधिसभा पुनर्स्थापनामा सभामुखले पाएनन् दलहरुको ‘ग्रीन सिग्नल’

वि.सं.२०८२ असोज २९ बुधवार १८:११

काठमाडौँ । विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूमध्ये नेकपा एमाले...

मन्त्री घिसिङ र जर्मन राजदूतबिच भेटवार्ता

मन्त्री घिसिङ र जर्मन राजदूतबिच भेटवार्ता

वि.सं.२०८२ असोज २९ बुधवार १५:५४

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात...

जेनजीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो : प्रचण्ड

जेनजीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो...

वि.सं.२०८२ असोज २९ बुधवार १५:५२

धादिङ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक...

फेसबुकले होइन, केन्द्रीय कमिटीले भन्यो भने हट्छु : ओली

फेसबुकले होइन, केन्द्रीय कमिटीले भन्यो भने हट्छु...

वि.सं.२०८२ असोज २९ बुधवार १३:२७

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कतिपय...

नेतृत्व लिन नयाँ पुस्ता तयार छ : नैनसिंह महर

नेतृत्व लिन नयाँ पुस्ता तयार छ :...

वि.सं.२०८२ असोज २९ बुधवार १३:०१

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको आन्तरिक...